०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

समाज

११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा गर्ने तयारी,के सम्भव हाेलात ?

एनआरए दिवस ११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा हुने वार्ता अन्तिम चरणमा पुगेको छ । चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत एकताको प्रयास तीव्र बनेको हो । संघ स्रोतका अनुसार बिहीबार काठमाडौंको ठमेलस्थित एक होटलमा संघका वर्तमान पदाधिकारी, संस्थापक तथा पूर्वपदाधिकारीबीच गोप्य बैठक सम्पन्न भएको हो। बैठकले एनआरएनए […]

मलका, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलका, मलेसियाले नेपालमा भइरहेको जेन्जी आन्दोलनमा घाइते भएकाहरू र हालैको बाढीबाट पीडित भएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। २०८२ असोज १९ गते (२०२५ अक्टोबर ५) का दिन साँझ ८ बजे भर्चुअल माध्यमबाट बसेको मासिक बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। बैठकले सहयोग संकलनका लागि […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक(ग्रेड वृद्धि)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षा साउन […]

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए)A समुह राष्ट्रिय समन्वय परिषद्, मलेसियाले नेपालमा हालै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए A समुह मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मातृभूमिप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग संकलन गरी छिट्टै नेपाल सरकारलाई हस्तान्तरण […]

जेनजी आन्दोलनको अगुवाको परिचय बनाएका सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले आफूसँग संवाद गरेको र आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक भएको भनेर गरेको दाबी निराधार भएको बताएका छन्। उनको संस्था हामी नेपालले आज (शनिबार) विज्ञप्ति जारी गरी त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई विश्वास नगर्न आग्रह गरेको हो। वक्तव्यमा भनिएको छ, ‘सुदन गुरुङले कहिल्यै […]

जोहोरबारु, मलेसिया – 28 सेप्टेम्बर 2025 (आइतबार) रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा “दशैं विशेष कार्यक्रम 2082” तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह मलेसियाको जोहोरबारुस्थित JO HOTEL मा हुने भएको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ। “मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबद्ध होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको रोल्पाली सेवा समाज मलेसियाले यसपटकको दसैंलाई […]

काठमाडौं , नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको […]

क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५  हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ। “तन, मन, धन… स!” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले प्रवासी मधेसी नेपाली समुदायबीचको एकता, सहयोग र सेवाको भावनालाई थप प्रगाढ बनाएको छ। कार्यक्रममा मलेसियामा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी, मिडिया प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको […]

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गरेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८१ भव्यताका साथ सम्पन्न भएको छ। सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन मलेसियाको Cosmo Hotel, Kuala Lumpur मा सम्पन्न अधिवेशन बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्पन्न भयो। कार्यक्रममा संघको विधान संशोधन, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा […]