०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

ठाटीकाँध गाउँपालिका–३ विशालाका बासिन्दाबीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना हुने

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, चैत्र १३, २०८२

सुर्खेत — ठाटीकाँध गाउँपालिका वडा नं. ३ विशाला दैलेखका  स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूबीच नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिने भएको छ।

नव वर्षको स्वागतसँगै आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम यही २०८२ चैत १४ गते बिहान ११:०० बजे शुभ होटल सुर्खेत मा आयोजना हुनेछ।
कार्यक्रमको आयोजना नवपरिवर्तनशील युवा समाज, ठाटीकाँध–३, विशाला, दैलेख ले गरेको हो।

सम्पूर्ण स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई नव वर्षको शुभकामना साटासाट गर्न आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]