०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

मन्त्रीको नाम टुंग्याउने अन्तिम कसरतमा बालेन र रवि शुक्रबार नै सबैको शपथ

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, चैत्र ११, २०८२

(रास्वपा) का शीर्ष नेताहरू मन्त्रीहरूको नाम टुंग्याउने अन्तिम कसरतमा जुटेका छन्। नयाँ जनादेशसँगै जनताको आशा र भरोसालाई सम्बोधन गर्ने लक्ष्यसहित आन्तरिक छलफल तीव्र बनाइएको छ।

कसलाई कुन मन्त्रालय दिने, कसले जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्छ, र अपेक्षित परिणाम नआएमा उत्पन्न हुन सक्ने जनआक्रोशलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

निर्वाचनपछि सांसदहरूले दुई दिनसम्म संसदीय मर्यादा र आन्तरिक क्षमता विकासबारे अन्तर्क्रिया गरेका थिए। अहिले उनीहरू जनताको अपेक्षा, प्राप्त मतको सम्मान र त्यसअनुसार चाल्नुपर्ने कदमबारे स्पष्ट प्रतिबद्धताका साथ जनतासँग संवादमा छन्।

शीर्ष नेताहरूले पाँच वर्षे शासनकाललाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा केन्द्रित भएर छलफल अघि बढाइरहेका छन्। यसका लागि जनतासँग निरन्तर संवाद र विभिन्न माध्यमबाट सुझाव संकलन गर्न आफ्ना नेता तथा सांसदहरूलाई निर्देशन दिइएको छ।

यसअघि नै प्रधानमन्त्री बालेनले १६ मन्त्रालयको प्रस्तावसहितको खाका सभापति रवि लाई बुझाएका थिए। उक्त प्रस्तावमाथि छलफल गर्दै लामिछानेले पार्टीको योजना अनुसार १८ मन्त्रालयमै काम गर्नुपर्ने धारणा राखेका थिए।

हाल बालेनले शपथ अघि नै सरकारको पूर्ण टुंगो लगाउनुपर्ने अडान राख्दै १६ वा १८ जे भए पनि मन्त्रीहरूको नाम चाँडै तय गर्नुपर्नेमा जोड दिएका छन्। उनले मन्त्रिपरिषद् पटक–पटक विस्तार गर्ने अभ्यास अन्त्य गर्दै एकैपटक पूर्णता दिने पक्षमा आफू रहेको बताएका छन्।

उनले सरकार गठनका नाममा समय खेर फाल्ने अवस्था नरहेको उल्लेख गर्दै स्पष्ट टाइमलाइनसहित काम अघि बढाउनुपर्ने र सोही अनुसार सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्। शपथ लिएकै दिनदेखि जनताले ‘सरकार आएको अनुभूति’ गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सभापति लामिछानेले पनि ढिलाइ गर्ने कुनै विकल्प नरहेको बताउँदै सबै काम एकै गतिमा अघि बढाउनुपर्ने बताएका छन्।

यस निर्णायक छलफलमा बरिष्ठ नेता बालेन, सभापति रवि तथा उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णीम वाग्ले सहभागी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]