०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

मन्त्रीको नाम टुंग्याउने अन्तिम कसरतमा बालेन र रवि शुक्रबार नै सबैको शपथ

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, चैत्र ११, २०८२

(रास्वपा) का शीर्ष नेताहरू मन्त्रीहरूको नाम टुंग्याउने अन्तिम कसरतमा जुटेका छन्। नयाँ जनादेशसँगै जनताको आशा र भरोसालाई सम्बोधन गर्ने लक्ष्यसहित आन्तरिक छलफल तीव्र बनाइएको छ।

कसलाई कुन मन्त्रालय दिने, कसले जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्छ, र अपेक्षित परिणाम नआएमा उत्पन्न हुन सक्ने जनआक्रोशलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

निर्वाचनपछि सांसदहरूले दुई दिनसम्म संसदीय मर्यादा र आन्तरिक क्षमता विकासबारे अन्तर्क्रिया गरेका थिए। अहिले उनीहरू जनताको अपेक्षा, प्राप्त मतको सम्मान र त्यसअनुसार चाल्नुपर्ने कदमबारे स्पष्ट प्रतिबद्धताका साथ जनतासँग संवादमा छन्।

शीर्ष नेताहरूले पाँच वर्षे शासनकाललाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा केन्द्रित भएर छलफल अघि बढाइरहेका छन्। यसका लागि जनतासँग निरन्तर संवाद र विभिन्न माध्यमबाट सुझाव संकलन गर्न आफ्ना नेता तथा सांसदहरूलाई निर्देशन दिइएको छ।

यसअघि नै प्रधानमन्त्री बालेनले १६ मन्त्रालयको प्रस्तावसहितको खाका सभापति रवि लाई बुझाएका थिए। उक्त प्रस्तावमाथि छलफल गर्दै लामिछानेले पार्टीको योजना अनुसार १८ मन्त्रालयमै काम गर्नुपर्ने धारणा राखेका थिए।

हाल बालेनले शपथ अघि नै सरकारको पूर्ण टुंगो लगाउनुपर्ने अडान राख्दै १६ वा १८ जे भए पनि मन्त्रीहरूको नाम चाँडै तय गर्नुपर्नेमा जोड दिएका छन्। उनले मन्त्रिपरिषद् पटक–पटक विस्तार गर्ने अभ्यास अन्त्य गर्दै एकैपटक पूर्णता दिने पक्षमा आफू रहेको बताएका छन्।

उनले सरकार गठनका नाममा समय खेर फाल्ने अवस्था नरहेको उल्लेख गर्दै स्पष्ट टाइमलाइनसहित काम अघि बढाउनुपर्ने र सोही अनुसार सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्। शपथ लिएकै दिनदेखि जनताले ‘सरकार आएको अनुभूति’ गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सभापति लामिछानेले पनि ढिलाइ गर्ने कुनै विकल्प नरहेको बताउँदै सबै काम एकै गतिमा अघि बढाउनुपर्ने बताएका छन्।

यस निर्णायक छलफलमा बरिष्ठ नेता बालेन, सभापति रवि तथा उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णीम वाग्ले सहभागी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]