०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

Logo
Heronepal-Tv प्रकाशित शनिबार, चैत्र १४, २०८२

काठमाडाैं— जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ।

संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा प्रत्यक्ष भूमिका खेलेका सम्पूर्ण पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ कि कानुनी राज्यको मर्मअनुसार जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउनु अनिवार्य छ।

साथै, दमनकारीलाई जोगाउने कुनै पनि प्रकारको प्रयास भए त्यसको कडा प्रतिवाद हुने चेतावनी दिइएको छ। “यदि यस्ता षड्यन्त्रहरू गरिए भने देशैभरिका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिनेछन्,” संगठनले जनाएको छ।

यस्तै, देशमा शान्ति सुव्यवस्था कायम गर्दै अराजकताको अन्त्य गर्न सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। नागरिकहरूको सुरक्षा, अधिकारको प्रत्याभूति तथा विधिको शासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको पनि संगठनले स्मरण गराएको छ।

जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग पछिल्लो समय थप सशक्त बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]