२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

Logo
Heronepal-Tv प्रकाशित शनिबार, चैत्र १४, २०८२

काठमाडाैं— जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ।

संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा प्रत्यक्ष भूमिका खेलेका सम्पूर्ण पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ कि कानुनी राज्यको मर्मअनुसार जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउनु अनिवार्य छ।

साथै, दमनकारीलाई जोगाउने कुनै पनि प्रकारको प्रयास भए त्यसको कडा प्रतिवाद हुने चेतावनी दिइएको छ। “यदि यस्ता षड्यन्त्रहरू गरिए भने देशैभरिका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिनेछन्,” संगठनले जनाएको छ।

यस्तै, देशमा शान्ति सुव्यवस्था कायम गर्दै अराजकताको अन्त्य गर्न सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। नागरिकहरूको सुरक्षा, अधिकारको प्रत्याभूति तथा विधिको शासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको पनि संगठनले स्मरण गराएको छ।

जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग पछिल्लो समय थप सशक्त बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]