गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]
दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]
सुर्खेत, ३० वैशाख ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जनक रोकायको घरमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति करिब ९:१५ बजे छापा मारेको थियो। छापामार क्रममा प्रहरीले […]
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो । विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा […]
क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकहरू ठगी, लुटपाट तथा दुव्र्यवहारको सिकार बन्ने घटना बढ्दै गएको छ। हाल मलेसियामा करिब चार लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न छन्। यसैक्रममा रोजगारी वा अन्य प्रयोजनका लागि स्वदेश फर्किने क्रममा विमानस्थलमा केही नेपाली नागरिकले अवाञ्छित गतिविधि, सामान लुटिने, ठगी हुने […]
काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]
भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह […]
काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको […]
रौतहटकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् । ‘रुबीलाई मारेदेखि मेरो हात […]
काठमाडौं । सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको […]