११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

सुर्खेतको फूलबारी टोलमा जुवा खेल्दै गरेका घरबेटीसहित ८ जना पक्राउ

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ ०१, २०८३

सुर्खेत, ३० वैशाख ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनक रोकायको घरमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति करिब ९:१५ बजे छापा मारेको थियो।

छापामार क्रममा प्रहरीले जुवाको खालबाट नगद रु ९५,१६६, ६ गड्डी तास तथा ९ थान मोबाइल बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएका ४२ वर्षीय मनबहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लालबहादुर बुढा, ३४ वर्षीय लङ्कबहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा र ३१ वर्षीय हरिबहादुर रोकाय रहेका छन्। साथै, घरबेटी ३८ वर्षीय जनक रोकायलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]