०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

मलेसियाको मलकामा भव्य रुपमा हुनलागेको “उभौली साकेला कार्यक्रम–२०२६” काे तयारी पूरा

Logo
Manoj Dashaundi प्रकाशित मंगलबार, जेठ ०५, २०८३

मलेसियाको ऐतिहासिक शहर मलकामा किरात राई समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको “उभौली साकेला कार्यक्रम–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ।

कार्यक्रम आयोजक संस्था किरात राई यायोक्खा क्षेत्रीय समिति मलका, मलेसियाका संरक्षक ग्याबिन चाम्लिङ राईले हिरो नेपाल टिभिलाई जानकारी दिँदै कार्यक्रम सफल बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो।

उहाँका अनुसार यही २४ मे २०२६ मा आयोजना हुने कार्यक्रममा मलेसियाका विभिन्न राज्यमा रहेका किरात समुदायसहित नेपालीहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयाेजित  कार्यक्रम  मल्मसिया, मलकाकाे ओसेन स्थित देवान हलमा हुनेेछ ।

 

मलका राज्यमा पहिलोपटक औपचारिक रुपमा गठन भएको किरात राई यायोक्खा क्षेत्रीय समितिले आयोजना गर्न लागेको यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।

संस्थाले विगतदेखि नै   भाषा, भेषभूषा, संस्कार तथा मौलिक पहिचान जगेर्ना गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

“हामी किरातहरू एक हौं, जाति, भाषा, संस्कार, संस्कृति बचाऔं” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा साकेला सिली नृत्य, सांस्कृतिक प्रस्तुति, पारम्परिक भेषभूषा प्रदर्शन तथा सामूहिक भेटघाट रहने आयोजकले जनाएको छ।

विदेशी भूमिमा रहेर पनि आफ्नो पहिचान र संस्कृतिलाई जिवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा विभिन्न सामाजिक संस्था, सञ्चारकर्मी, कलाकार तथा नेपाली समुदायका अगुवाहरुको समेत सहभागिता रहने जनाइएको छ। हिरो नेपाल टिभि लगायत विभिन्न मिडिया पार्टनरमार्फत कार्यक्रमको प्रत्यक्ष तथा विशेष प्रचार–प्रसार भइरहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]