आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]
काठमाडौं— नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् । त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था […]
प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्दै छिन्। बिहान साढे ११ बजे भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तयारी छ। त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन्। मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा […]
क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५ हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ। “तन, मन, धन… स!” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले प्रवासी मधेसी नेपाली समुदायबीचको एकता, सहयोग र सेवाको भावनालाई थप प्रगाढ बनाएको छ। कार्यक्रममा मलेसियामा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी, मिडिया प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको […]
अब के हुन्छ निकास ? जेन–जी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । त्यसअघि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भनेका थिए । तर, यसका […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र […]
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू […]
क्वालालम्पुर, मलेसिया | २५ अगस्ट २०२५ गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको राष्ट्रिय समन्वय परिषद् (NCC) तथा मलका राज्य समितिको नयाँ कार्यसमिति गठन भई, दुवै समितिले संयुक्त रूपमा नेपाली राजदूतावास, क्वालालम्पुरमा आफ्नो औपचारिक विवरण प्रस्तुत गरेका छन्। यस अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेना र मधेस […]
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको […]