२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

NRNA मलेसिया एक भयाे,अध्यक्ष इन्द्र नारायण लिम्बु र महासचिव विष्णु प्रसाद बरालसहित नयाँ कार्यसमिति

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, माघ १६, २०८२

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) मलेसिया यसअघि विद्यमान दुई संरचनाबीचको विभाजन अन्त्य गर्दै औपचारिक रूपमा एकीकृत भएको घोषणा गरिएको छ। यस एकतासँगै संगठनभित्र लामो समयदेखि कायम रहेको संस्थागत अस्थिरता समाप्त भई साझा उद्देश्य, अनुशासन र सहकार्यमा आधारित संरचना पुनःस्थापित भएको बताइएको छ।

एकीकृत NRNA मलेसिया अब अध्यक्ष इन्द्र नारायण लिम्बुको नेतृत्वमा कार्यकाल २०२५–२०२७ का लागि अघि बढ्नेछ। एकता पश्चात् दुवै पक्षका नेतृत्व तथा कार्यसमितिहरू आपसी समन्वय र सहकार्यका माध्यमबाट संगठनका नीति, कार्यक्रम तथा दीर्घकालीन लक्ष्यहरू कार्यान्वयनमा केन्द्रित हुने जनाइएको छ।

उक्त एकता प्रक्रियालाई निष्पक्ष, संयमित र दूरदर्शी ढंगले सफल निष्कर्षमा पुर्‍याउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA–ICC) का उपाध्यक्ष खगेन्द्र न्यौपाने तथा एसिया प्यासिफिक क्षेत्रीय समन्वयक हरि प्रसाद भट्टराईले निर्णायक भूमिका निर्वाह गरेको संघले स्पष्ट पारेको छ। उहाँहरूको निरन्तर समन्वय, संवाद र मध्यस्थतामार्फत दुवै पक्षबीच आपसी विश्वास र समझदारी कायम भई एकता सम्भव भएको हो।

नेतृत्वदायी तथा अभिभावकीय भूमिकाको प्रतिफलस्वरूप अब मलेसियामा एउटै, एकीकृत र संस्थागत रूपमा सुदृढ NRNA मलेसिया क्रियाशील भएको संघको दाबी छ। यस एकताले आगामी दिनहरूमा संगठनलाई थप अनुशासित, पारदर्शी र उत्तरदायी बनाउँदै मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदायको हक, हित र अधिकार संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]