०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

स्वर्गीय जीवन मगर स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना हुँदै

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, चैत्र ११, २०८२

मलेसियाकाे मलका राज्यमा स्वर्गीय जीवन मगर स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना हुँने भएकाे छ ।

मलेसियाको मलका राज्य  स्थित सगरमाथा युवा क्लबले स्वर्गीय जीवन मगरको स्मृतिमा दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ।

क्लबका अध्यक्ष प्रदीब बोहोरा ले हिरोनेपाल टिभिलाई जानकारी दिनुहुँदै उक्त प्रतियोगिता आगामी मे ३१ र जुन ०१, २०२६ मा सञ्चालन गरिने बताउनुभयो।

प्रतियोगितामा मलक्का भित्रका ६ टिम र मलक्का बाहिरका ६ टिम गरी जम्मा १२ टिमको सहभागिता रहनेछ। सहभागी खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३,०१,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई नगद रु १,५१,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

यस प्रतियोगिताले मलेसियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]