२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रवास

रमेश पौडेल: मलेसियामा समाजसेवाको सुगन्ध फैलाउँदै गरेका एक समर्पित नेपाली

मलेसिया:=विदेशी भूमिमा उभिएको एउटा नाम हो — रमेश पौडेल। प्रवासको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका छन्, ती हुन् पौडेल। खोटाङको माटोबाट जन्मिएर मलेसियाको भूमिमा समर्पणको बाली रोपिरहेका रमेशजीको जीवनशैली नै समाजसेवामा अडिएको छ। लामो समयदेखि मलेसियामा दशकभन्दा बढी समयदेखि मलेसियामा कार्यरत पौडेलले प्रवासी जीवनका हरेक आरोह–अवरोहको नजिकबाट […]

क्वालालम्पुर, मलेसिया – विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेका छन्। कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा अतिथिहरूको आगमनका क्रममा विभिन्न जातीय संघ–संस्था, मलेसियामा क्रियाशील नेपाली समुदायका प्रतिनिधिहरू तथा नेपाली राजदूतावास, मलेसियाका पदाधिकारीहरूको सक्रिय सहभागितामा भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ। […]

गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै AGM गरी नयाँ नेतृत्व चयन गरिसकिएको छ । यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको […]

क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको राष्ट्रिय समन्वय परिषद्ले आगामी कार्यकाल २०२५–२०२७ का लागि नवौं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन आइतवार, जुलाई २७ मा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता राकेश प्रसाद महतोले गरेका थिए भने प्रमुख अतिथिको रूपमा हरि भट्टराई र विशेष अतिथि शंकर बहादुर पौडेल सहभागी थिए। कार्यक्रममा जोहोर र मलाका क्षेत्रीय […]

क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाकाे नवौं अधिवेशन २०२५ भाेलि, २७ जुलाई २०२५ मा Hotel Grand Continental, Kuala Lumpur मा भव्य रूपमा सम्पन्न हुने भएकाे छ। अधिवेशन बिहान ९ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा चर्चित राष्ट्रिय गायक राजनराज सिवाकोटी सहित थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे विशेष सांगितिक प्रस्तुति रहनेछ। नेपाली […]

क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको नवौं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने पक्का भएसँगै सचिव पदमा समाजसेवी युवा उमेश महतो ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।   मलेसियामा झन्डै एक दशकदेखि स्थायी बसोबास गर्दै आएका उमेश महतो विभिन्न सामाजिक संघ-संस्थासँग आवद्ध रही श्रमिक अधिकारको पक्षमा […]

क्वालालम्पुर:=मलेसियामा प्रख्यात नेपाली संगीतकार तथा गायक राजनराज सिवाकोटी गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया शाखाको आयोजनामा हुन गइरहेको विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन मलेसिया आइपुग्नु भएको छ। उहाँ शनिबार बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलमा गैरआवासीय नेपाली संघका पदाधिकारी, नेपाली समाजका अगुवा तथा संगीतप्रेमीहरूले उहाँलाई भव्य स्वागत गरेका थिए। साङ्गीतिक कार्यक्रममा राजनराज सिवाकोटीले आफ्ना […]

क्वालालम्पुर, मलेसिया । नेपाली दूतावास, क्वालालम्पुरले श्री ब्रिजेश कुमार यादवलाई मिति २०८२ साल साउन ९ गते (शुक्रवार) नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फिर्ता गराएको छ। दूतावासका अनुसार, सन् २०२३ मा रोजगारीका लागि मलेसिया आएका श्री यादव केही समयदेखि अवैधानिक रुपमा बस्दै आएका थिए। हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि दूतावासले आवश्यक प्रक्रिया पूरा गरी उद्धार […]

क्वालालम्पुर, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी नवौं अधिवेशन (जुलाई २७, २०२५) नजिकिँदै गर्दा, महासचिव पदका लागि विष्णु प्रसाद बरालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बरालले लेखेका छन्, “मलेसियाको महासचिव पदमा उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। अवस्था जस्तो आए पनि नेतृत्व लिन तयारी छ। धन्यवाद  भन्दै नेतृत्वको लागि तयार रहेको संकेत […]

सुमन विश्वकर्माकाे  बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ।  विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा […]