१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

मलेसियन संस्थाले गरेकाे फुटबल प्रतियाेगितामा पहिलाे चाेटि नेपाली टिम NRNA मलका भिड्दै

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक ०२, २०८२

मलका, मलेसिया : Pulse Play Sports Complex Malaysia, Malaccaको आयोजनामा  “7s Open Football Tournament” मा यसपालि पहिलो पटक नेपाली समुदायको टिमले समेत सहभागिता जनाउने भएकाे छ।

गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाकाे तर्फबाट एक नेपाली फुटबल टिमलाई उक्त प्रतियोगितामा विशेष आमन्त्रणका साथ सहभागीता प्रदान गरिएको हो।

आयोजकका अनुसार, यस खेलकुद प्रतियोगितामा कुल ९ टिम सहभागी भएका छन्, जसमा नेपाली टिम मात्र एक प्रतिनिधि समूहका रूपमा सहभागी भएको छ। प्रतियोगिताको उद्देश्य मलेसियामा रहेका विभिन्न समुदायबीच मैत्रीपूर्ण सम्बन्ध, खेलकुदमा सहभागिता, र आपसी सद्भाव विस्तार गर्नु रहेको जनाइएको छ।

आयोजक Pulse Play ले जनाए अनुसार, प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्को खेल प्रतियोगितामा सहभागी गराइनेछ।

NRNA मलका समितिका प्रतिनिधिहरूले भने, “नेपाली टिमको यस सहभागिताले विदेशमा रहेका नेपाली युवाहरूमा खेलकुदप्रतिको उत्साह, एकता र राष्ट्रिय पहिचान बढाउने काम गर्ने भन्दै  खुेशी व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]