०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

मलेसियन संस्थाले गरेकाे फुटबल प्रतियाेगितामा पहिलाे चाेटि नेपाली टिम NRNA मलका भिड्दै

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक ०२, २०८२

मलका, मलेसिया : Pulse Play Sports Complex Malaysia, Malaccaको आयोजनामा  “7s Open Football Tournament” मा यसपालि पहिलो पटक नेपाली समुदायको टिमले समेत सहभागिता जनाउने भएकाे छ।

गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाकाे तर्फबाट एक नेपाली फुटबल टिमलाई उक्त प्रतियोगितामा विशेष आमन्त्रणका साथ सहभागीता प्रदान गरिएको हो।

आयोजकका अनुसार, यस खेलकुद प्रतियोगितामा कुल ९ टिम सहभागी भएका छन्, जसमा नेपाली टिम मात्र एक प्रतिनिधि समूहका रूपमा सहभागी भएको छ। प्रतियोगिताको उद्देश्य मलेसियामा रहेका विभिन्न समुदायबीच मैत्रीपूर्ण सम्बन्ध, खेलकुदमा सहभागिता, र आपसी सद्भाव विस्तार गर्नु रहेको जनाइएको छ।

आयोजक Pulse Play ले जनाए अनुसार, प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्को खेल प्रतियोगितामा सहभागी गराइनेछ।

NRNA मलका समितिका प्रतिनिधिहरूले भने, “नेपाली टिमको यस सहभागिताले विदेशमा रहेका नेपाली युवाहरूमा खेलकुदप्रतिको उत्साह, एकता र राष्ट्रिय पहिचान बढाउने काम गर्ने भन्दै  खुेशी व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]