१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

बेरोजगारीको विषयमा जिस्काएको भन्दै श्रीमानले श्रीमतीको गरे ह’त्या

Logo
HeroNepal-Tv प्रकाशित शुक्रबार, मंसिर ०६, २०८२

 

भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह शेखको हत्या गरेका हुन्। घटनापछि प्रहरीले सोमबार शेखलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

जेपी रोड प्रहरी चौकीका इन्स्पेक्टर एसएम सागरका अनुसार दम्पतीबीच बेरोजगारीसहित घरायसी विषयमा पटक–पटक झगडा हुने गर्थ्यो। शेख लामो समयदेखि बेरोजगार रहेका कारण मिस्बाहले अक्सर परिवारको आर्थिक अवस्थाबारे असन्तुष्टि जनाउने गरेको बताइएको छ।

आइतबार राति पनि घरायसी विवाद चर्किदै गएपछि घटना घटेको प्रहरीले जनाएको छ। “शेखले आफ्नो छ महिनाको बच्चालाई हिर्काएको आरोपमा मिस्बाह आक्रोशित थिइन्। उनको व्यवहारप्रति श्रीमानले आपत्ति जनाउँदा मिस्बाहले फेरि बेरोजगारीको विषयमा जिस्काउने टिप्पणी गरेकी थिइन्। आवेगमा आएर शेखले घाँटी थिचेर हत्या गरेको आफूलाई बयान दिएका छन्,” इन्स्पेक्टर सागरले जानकारी दिए।

छिमेकीहरूले यस्ता विवाद पहिले पनि सुनेको बताएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार अपराध हुँदा शेखले कुनै प्रकारको मदिरा सेवन गरेका थिएनन्।

प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]