०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

बेरोजगारीको विषयमा जिस्काएको भन्दै श्रीमानले श्रीमतीको गरे ह’त्या

Logo
HeroNepal-Tv प्रकाशित शुक्रबार, मंसिर ०६, २०८२

 

भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह शेखको हत्या गरेका हुन्। घटनापछि प्रहरीले सोमबार शेखलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

जेपी रोड प्रहरी चौकीका इन्स्पेक्टर एसएम सागरका अनुसार दम्पतीबीच बेरोजगारीसहित घरायसी विषयमा पटक–पटक झगडा हुने गर्थ्यो। शेख लामो समयदेखि बेरोजगार रहेका कारण मिस्बाहले अक्सर परिवारको आर्थिक अवस्थाबारे असन्तुष्टि जनाउने गरेको बताइएको छ।

आइतबार राति पनि घरायसी विवाद चर्किदै गएपछि घटना घटेको प्रहरीले जनाएको छ। “शेखले आफ्नो छ महिनाको बच्चालाई हिर्काएको आरोपमा मिस्बाह आक्रोशित थिइन्। उनको व्यवहारप्रति श्रीमानले आपत्ति जनाउँदा मिस्बाहले फेरि बेरोजगारीको विषयमा जिस्काउने टिप्पणी गरेकी थिइन्। आवेगमा आएर शेखले घाँटी थिचेर हत्या गरेको आफूलाई बयान दिएका छन्,” इन्स्पेक्टर सागरले जानकारी दिए।

छिमेकीहरूले यस्ता विवाद पहिले पनि सुनेको बताएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार अपराध हुँदा शेखले कुनै प्रकारको मदिरा सेवन गरेका थिएनन्।

प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]