०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपालमा करोडौं कमाउन सफल फिल्म ‘जेरी अन टप’ डिसेम्बरमा मलेसियामा प्रदर्शन हुँदै

Logo
Heronepal-Tv प्रकाशित सोमबार, मंसिर ०९, २०८२

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्। उनका अनुसार फिल्म डिसेम्बर २ तारिखदेखि मलेसियाका प्रमुख शहरहरूमा बक्स अफिस रिलिज हुने छ।

भट्टराईका अनुसार
“मुख्य शहरहरूमा बक्स अफिस रिलिज गर्ने र नेपालीहरूको उपस्थिति बढि भएका अन्य स्थानहरूमा उपलब्ध माध्यमअनुसार फिल्म प्रदर्शन गर्ने तयारीमा छ।”

हाल मलेसियामा करिब पाँच लाख नेपाली बसोबास गर्दै आएका छन्। उनीहरूले नेपाली चलचित्र तथा कला–संस्कृतिप्रतिको लगाव निरन्तर देखाउँदै आएको उल्लेख गर्दै, यस पटक पनि उनीहरूले त्यही माया र साथ दिने विश्वास भट्टराईले व्यक्त गरेकाछन।

नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको ‘जेरी अन टप’ अहिले यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशमा प्रदर्शन भैरहेको छ। साथै, यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको तयारी जारी छ।
स्टार अभिनेता अनमोल केसीको करियरकै सबैभन्दा सफल बक्स अफिस फिल्म मानिएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागसहित प्रदर्शन भइरहेको छ।

अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा निर्माण गरिएको यस फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन्। फिल्ममा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]