०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

नेपालमा करोडौं कमाउन सफल फिल्म ‘जेरी अन टप’ डिसेम्बरमा मलेसियामा प्रदर्शन हुँदै

Logo
Heronepal-Tv प्रकाशित सोमबार, मंसिर ०९, २०८२

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्। उनका अनुसार फिल्म डिसेम्बर २ तारिखदेखि मलेसियाका प्रमुख शहरहरूमा बक्स अफिस रिलिज हुने छ।

भट्टराईका अनुसार
“मुख्य शहरहरूमा बक्स अफिस रिलिज गर्ने र नेपालीहरूको उपस्थिति बढि भएका अन्य स्थानहरूमा उपलब्ध माध्यमअनुसार फिल्म प्रदर्शन गर्ने तयारीमा छ।”

हाल मलेसियामा करिब पाँच लाख नेपाली बसोबास गर्दै आएका छन्। उनीहरूले नेपाली चलचित्र तथा कला–संस्कृतिप्रतिको लगाव निरन्तर देखाउँदै आएको उल्लेख गर्दै, यस पटक पनि उनीहरूले त्यही माया र साथ दिने विश्वास भट्टराईले व्यक्त गरेकाछन।

नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको ‘जेरी अन टप’ अहिले यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशमा प्रदर्शन भैरहेको छ। साथै, यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको तयारी जारी छ।
स्टार अभिनेता अनमोल केसीको करियरकै सबैभन्दा सफल बक्स अफिस फिल्म मानिएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागसहित प्रदर्शन भइरहेको छ।

अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा निर्माण गरिएको यस फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन्। फिल्ममा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]