१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

नेपाल मगर संघ मलेसिया, पेनाङद्वारा ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Logo
Manoj Dashaundi प्रकाशित मंगलबार, कार्तिक ०५, २०८२

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू र नित्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुष्मिता ठाडा मगर, संघका केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेश तथा क्षेत्रीय समितिका प्रतिनिधि, समाजसेवी, व्यवसायी, पत्रकार तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनायो।

संघका सचिव सम्मर थापा मगरका अनुसार, यस अधिवेशनले संघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनमार्फत पेनाङ क्षेत्रका मगर समुदायलाई अझ एकताबद्ध बनाउने संकल्प गरेको छ।

यस अधिवेशनमार्फत गठित नयाँ कार्यसमिति (कार्यकाल २०२५–२०२७) यस प्रकार छः

अध्यक्ष: दिपक लुङ्गेली मगर
उपाध्यक्ष: अङ्कित बुर्जा मगर
महिला उपाध्यक्ष: भगवती सिजाली मगर
सचिव: सम्मर थापा मगर
सह–सचिव: दिपेन्द्र बुढा मगर
कोषाध्यक्ष: मिना कुमारी बुढाथोकी मगर
सह–कोषाध्यक्ष: मनिका पुलामी मगर

सांस्कृतिक विभाग प्रमुख: प्रतीक्षा बारघरे मगर
खेलकुद विभाग प्रमुख: बुद्धिराम पुन मगर
संरक्षक: बिरस पुन मगर
प्रमुख सल्लाहकार: ओकिल थापा मगर

सल्लाहकारहरू: गोकुल तुम्सिङ मगर, राजन आले मगर, बल बहादुर थापा मगर, दल बहादुर बुढा मगर, दिलिप सोमै मगर, तिपेन्द्र बुढा मगर।
सदस्यहरू: यम कुमारी थापा मगर, तारा आले मगर, शर्मिला घर्ती मगर, निसान लामिछाने मगर, बिनोद राना मगर, अमृत पिठाकोटे मगर, नगेन्द्र पिठाकोटे मगर, सुजन थापा मगर, नरेश सारु मगर, रोसन ढेङगा मगर, विशाल रासकोटी मगर, पुर्ण क्याप्छाकी मगर, बल बहादुर कानुङ मगर, गुम बहादुर गाहा मगर, नारायणसिं थकाली मगर, भबिलाल सोमै मगर, भक्त बहादुर सोमै मगर, रेसम सुर्यबंशी मगर र गम बहादुर बराल।

नव–निर्वाचित अध्यक्ष दिपक लुङ्गेली मगरले मगर समुदायको एकता, भाषा र संस्कृतिको संरक्षण तथा मलेसियामा रहेका मगर दाजुभाइ–दिदीबहिनीबीचको सहकार्य सुदृढ पार्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अतिथिहरूले संघको निरन्तर योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सबल, एकीकृत र सक्रिय मगर समुदाय निर्माणको शुभकामना व्यक्त गर्नुभएकाे थियाे।

सांस्कृतिक प्रस्तुतिहरूमा मगर परम्परागत नृत्य, लोकगीत र आधुनिक प्रस्तुतीहरूले दर्शकहरूबिच रमाइलाे  माहाेल थियाे।

कार्यक्रमको समापनमा आयोजक समितिले सबै सहयोगी संघ–संस्था, व्यवसायी, शुभेच्छुक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]