१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

मलेसियाकाे जोहोर बारुमा यही १४ डिसेम्बर का दिन चासोक तङनाम २०२५ भव्य रूपमा मनाइँदै

Logo
Heronepal-Tv प्रकाशित शुक्रबार, मंसिर २७, २०८२

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ।

समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू समुदायको उल्लेखनीय उपस्थितिमा यस वर्षको चासोक तङनामलाई विशेष रूपमा आयोजना गरिँदैछ। यो कार्यक्रमले सांस्कृतिक पहिचान, परम्परागत मूल्य र समुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको बताइएको छ।

चासोक तङनाम : प्रकृति र पुर्खाप्रति कृतज्ञताको पर्व

नयाँ बाली भित्र्याएपछि देवी–देवता तथा पुर्खाहरूलाई अन्न अर्पण गर्दै कृतज्ञता व्यक्त गर्ने परम्परा अनुरूप चासोक तङनाम मनाइन्छ।
लिम्बू मुन्धुम संस्कृतिअनुसार तागेरा निङ्वाभुमाङलगायत प्रकृति–देवी–देवताको आशीर्वाद प्राप्त गर्ने विशेष दिनको रूपमा यस पर्वलाई प्राकृतिक पुजक किराँत लिम्बू समुदायले अत्यन्त पवित्र मान्ने गर्छन्।

मलेसियामा विशेष कार्यक्रम

किराँत याक्थुङ चुम्लुङ जोहोरले चासोक तङनामको अवसरमा निम्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छः

मुन्धुम विधिअनुसार पूजा तथा अन्न अर्पण

च्याब्रुङ नृत्य, लिम्बू गीत–संगीत तथा सांस्कृतिक प्रस्तुति

लिम्बू परम्परागत पोशाक (ड्रेस) प्रदर्शन

समुदायिक भेटघाट तथा नयाँ पुस्ताका लागि सांस्कृतिक–भाषिक परिचय कार्यक्रम

अध्यक्षका अनुसार मलेसियामा बसोबास गर्ने लिम्बू तथा गैर-लिम्बू, समाजसेवी, बुद्धिजीवी, संघ–संस्था प्रतिनिधि तथा विभिन्न पेशामा कार्यरत नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ।
गैर–लिम्बू तथा गैर–किराँत समुदायको उल्लेखनीय सहभागिताले नेपालको पूर्वी पहाडी संस्कृति अन्तर्राष्ट्रिय पहिचान बढाउन मद्दत गर्ने विश्वास समितिले व्यक्त गरेको छ।

कार्यक्रम ,  १४ डिसेम्बर २०२५ (आइतबार)  का दिन जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ।

सांस्कृतिक पहिचान जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले परदेशमा रहेर पनि लिम्बू समुदायले निरन्तर सक्रियता देखाइरहेको छ। मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई लिम्बू सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिन आयोजक संस्थाले   हार्दिक निमन्त्रणा समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]