०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलका मलेसियाले नेपालमा जेन्जी आन्दोलनका घाइते र बाढी पीडितलाई आर्थिक सहयोग गर्ने

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन २०, २०८२

मलका, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलका, मलेसियाले नेपालमा भइरहेको जेन्जी आन्दोलनमा घाइते भएकाहरू र हालैको बाढीबाट पीडित भएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

२०८२ असोज १९ गते (२०२५ अक्टोबर ५) का दिन साँझ ८ बजे भर्चुअल माध्यमबाट बसेको मासिक बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले सहयोग संकलनका लागि प्रत्येक सदस्यले स्वेच्छिक रूपमा आर्थिक योगदान गर्ने निर्णय गरेको छ। साथै, बाँकी रकम संकलनका लागि यही अक्टोबर १९, आइतबार, दीपावलीको अवसर पारेर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने पनि तय गरिएको छ।

त्यसैगरी, बैठकले आगामी नोभेम्बर २० तारिखका दिन मलका राज्यमा बसोबास गर्दै आएका नेपालीहरूकाेलागि पासपोर्ट काउन्सुलर सेवा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

तेसका साथै, मलेसिया सरकारद्वारा आयोजित मलका फुटबल लिगमा NRNA मलका राज्य समितिको तर्फबाट एक फुटबल टिम सहभागिता गराउने निर्णय पनि बैठकले गरेको छ।

बैठकको अध्यक्षता गैर आवासीय नेपाली संघ राज्य समिति मलका, मलेसियाका अध्यक्ष अर्जुन लावती लिम्बूले गर्नुभएको थियो भने बैठक सञ्चालन सचिव मनोज दशौंदीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]