मलका, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलका, मलेसियाले नेपालमा भइरहेको जेन्जी आन्दोलनमा घाइते भएकाहरू र हालैको बाढीबाट पीडित भएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
२०८२ असोज १९ गते (२०२५ अक्टोबर ५) का दिन साँझ ८ बजे भर्चुअल माध्यमबाट बसेको मासिक बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले सहयोग संकलनका लागि प्रत्येक सदस्यले स्वेच्छिक रूपमा आर्थिक योगदान गर्ने निर्णय गरेको छ। साथै, बाँकी रकम संकलनका लागि यही अक्टोबर १९, आइतबार, दीपावलीको अवसर पारेर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने पनि तय गरिएको छ।
त्यसैगरी, बैठकले आगामी नोभेम्बर २० तारिखका दिन मलका राज्यमा बसोबास गर्दै आएका नेपालीहरूकाेलागि पासपोर्ट काउन्सुलर सेवा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
तेसका साथै, मलेसिया सरकारद्वारा आयोजित मलका फुटबल लिगमा NRNA मलका राज्य समितिको तर्फबाट एक फुटबल टिम सहभागिता गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकको अध्यक्षता गैर आवासीय नेपाली संघ राज्य समिति मलका, मलेसियाका अध्यक्ष अर्जुन लावती लिम्बूले गर्नुभएको थियो भने बैठक सञ्चालन सचिव मनोज दशौंदीले गर्नुभएको थियो।