१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

राेल्पाली सेवा समाज मलेसिया द्वारा आयाेजित दसैं विशेष कार्यक्रम तथा जोहोर समितिको वार्षिकोत्सव सम्पन्न

Logo
Manoj Dashaundi प्रकाशित सोमबार, आश्विन १३, २०८२

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा रहनु भएको थियो।

विशिष्ट अतिथि काे रुपमा राजु योन्जन तामाङ, अतिथि हरूमा NRNA मलेसियाका महासचिव विष्णु बराल, सचिव उमेश महताे, मलाका क्षेत्रीय समितिका अध्यक्ष अर्जुन लावती लिम्बु लगायत विभिन्न संघसंस्था तथा मिडिया कर्मिहरुका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा मलेसियामा कार्यरत विभिन्न क्षेत्रका  नेपालीहरूकाे भब्य उपस्थिति  रहनुका साथै, मलेसियन स्थानीय नागरिकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो जसले कार्यक्रममा थप रौनकता र उत्साह थपेको थियो।

सांस्कृतिक र धार्मिक विविधताको आकर्षक प्रस्तुति नेपाल तामाङ घेदुङ क्षेत्रीय समितिद्वारा तामाङ समुदायको मौलिक विवाह संस्कृतिको झल्को दिने नाट्य प्रस्तुति प्रस्तुत गरिएको थियो ,जसले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल रह्यो।

साथै गायन, नृत्य, हास्य लगायत विविध विधाका सांगीतिक प्रस्तुतिहरूले उपस्थित सबैलाई रमाईलाे र मन्त्रमुग्ध बनायो।

कार्यक्रमका विशेष आकर्षणका रुपमा ः विभिन्न समुदायको मौलिक सांस्कृतिक प्रस्तुति,दसैं विशेष शुभकामना आदानप्रदान र आत्मीय भेटघाट,विशिष्ट व्यक्तिहरूलाई सम्मान पत्र वितरण,रोल्पा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी,क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समेत रहेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्यकाे रुपमा प्रवासमा रहेका नेपालीहरूलाई दसैं, तिहार, छठजस्ता महान चाडपर्वको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव, आत्मीयता र सहकार्यलाई प्रगाढ बनाउने, साथै आफ्नो मौलिक धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्ने रहेको आयोजक संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरले जानकारी दिनुभएकाे थियाे ।

साथै, रोल्पा जिल्लाको प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरूलाई प्रवासमै चिनाउने उद्देश्यले आयोजित फोटो प्रदर्शनीले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले प्रवासमा यस्ता कार्यक्रमहरूले आपसी सद्भाव बढाउने, सामाजिक सम्बन्ध मजबुत बनाउने र आफ्ना मौलिक चाडपर्वहरूलाई सम्झाउने उल्लेख गरेकाे देखिनथ्याे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]