मलेसिया । गण्डकी प्रदेश, गोरखा निवासी राजेन्द्र क्षेत्री, जो २०२५ सेप्टेम्बर २८ देखि सम्पर्कविहीन हुनुभएको थियो, उहाँलाई मलेसियामा सुरक्षित अवस्थामा फेला पारिएको छ।
नेपाली राजदूतावास, मलेसिया,हिराेनेपाल टिभि लगायतबाट क्षेत्रीको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरिएकाे थियाे उक्त अपिलपछि नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले आज उहाँलाई शकुसल भेट गर्न सफल भएकाे छ।
फेला परेपछि राजेन्द्र क्षेत्रीलाई अहिले नेपाली राजदूतावास, क्वालालम्पुरमा जिम्मा लगाइएको छ।
सम्पर्कविहीन नेपालीको खोजी र समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नुभएकाले उपसभापति टेक बहादुर टमाटालाई नेपाली राजदूतावास, मलेसिया लगायत नेपाली जनसम्पर्क समिति मलेसियाले समेत हार्दिक धन्यवाद व्यक्त गरेको छ।