०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा सम्पर्कविहीन गोरखा निवासी राजेन्द्र क्षेत्री भेटिए

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, कार्तिक ०१, २०८२

मलेसिया ।  गण्डकी प्रदेश, गोरखा निवासी राजेन्द्र क्षेत्री, जो २०२५ सेप्टेम्बर २८ देखि सम्पर्कविहीन हुनुभएको थियो, उहाँलाई मलेसियामा सुरक्षित अवस्थामा फेला पारिएको छ।

नेपाली राजदूतावास, मलेसिया,हिराेनेपाल टिभि लगायतबाट क्षेत्रीको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरिएकाे थियाे  उक्त अपिलपछि नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले आज उहाँलाई शकुसल भेट गर्न सफल भएकाे छ।

फेला परेपछि राजेन्द्र क्षेत्रीलाई अहिले नेपाली राजदूतावास, क्वालालम्पुरमा जिम्मा लगाइएको छ।

सम्पर्कविहीन नेपालीको खोजी र समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नुभएकाले उपसभापति टेक बहादुर टमाटालाई  नेपाली राजदूतावास, मलेसिया लगायत नेपाली जनसम्पर्क समिति मलेसियाले  समेत हार्दिक धन्यवाद   व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]