२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मलकामा कन्सुलर सेवा सञ्चालन गर्ने योजना दूतावासको बेवास्ता कारण रद्वगरियाे

Logo
Heronepal-Tv प्रकाशित शुक्रबार, मंसिर २०, २०८२

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो ।

तर सूचना जारी भएको भोलिपल्टै, राजदूतावासमा कार्यवाहक राजदूत रहेकी मुद्वीता बज्राचार्यले NRNA राज्य समिति मलकाका  अध्यक्ष अर्जुन लुवाँटीलाई फोन गर्दै तीव्र आक्राेसका साथ  थर्काउदै सूचना हटाउन निर्देशन दिएकाे घटना सार्वजनिक भएको छ । सो क्रममा अध्यक्षले पत्रकार तथा संघका सचिव मनोज दशौंदीलाई समूह कलमा जोडेको र कार्यवाहक राजदूत बज्राचार्यले “यसका लागि कसले अनुमति दियो?” भन्दै कठोर शैलीमा प्रश्नसमेत गरेको बताइएको छ।

सचिव तथा पत्रकार दशौंदीका अनुसार, संघले कुनै गलत नियत वा स्वार्थ नराखी मलकामा रहेका सयौँ नेपालीको आवश्यकता पहिचान र प्रारम्भिक नाम संकलनका लागि मात्र सूचना जारी गरिएको थियो । “हामीले , निस्वार्थ रूपमा समस्या बुझेर सहयोग गर्ने उद्देश्यले काम सुरु गरेका थियौँ,” दशौंदीले पुनःकलमार्फत कार्यवाहक राजदूतलाई स्पष्ट पारेका थिए । सो टेलिफोन संवादको अडियो पनि उपलब्ध रहेको स्रोतको दाबी छ।

यसअघि NRNA राज्य समिति मलक्काले नोभेम्बर ०९, २०२५ मा दूतावासलाई इमेलमार्फत औपचारिक समय माग गरेको थियो । त्यसपछि नोभेम्बर १४ मा सचिव दशौंदीले दूतावासका प्रथम सचिव सुशील घिमिरेलाई पत्र प्रत्यक्ष रूपमा हस्तान्तरणसमेत गरेका थिए।

दूतावासले अन्य पूर्वनिर्धारित कार्यक्रमकाे कारण देखाउदै केही दिनपछि समय बताइने जनाएको थियो । तर करिब दुई हप्तासम्म कुनै प्रतिक्रिया नआएपछि निरन्तर फोन र एसएमएसपछि मात्र नोभेम्बर २५ मा प्रथम सचिव घिमिरेबाट “दूतावासलाई माघ १५ (जनवरी २९) पछि मात्र सहज हुने” जानकारी आएको थियो।

यो अनुरोधलाई मान्दै NRNA मलक्काले माघ १८ (फेब्रुअरी १, आइतबार) का लागि कार्यक्रम प्रस्ताव गरेको थियो । तर पुनः दूतावासबाट सो मितिमा प्रथम सचिव नेपाल जाने भएकाले सेवा सञ्चालन गर्न नसकिने प्रतिक्रिया दीएकाे संघले जानकारी गराएको छ।

दूतावासको यस्ताे खालकाे  असहयोगी व्यवहार तथा बारम्बारको ढिलाइका कारण NRNA राज्य समिति मलकाले तत्कालका लागि कार्यक्रम रद्व गर्नुपरेको जनाएको छ। संघले दुई दिनमै करिब ३० जना भन्दा बढी सेवाग्राहीको नामावली संकलन गरिसकेको बताएको छ।

मलका राज्यमा हजारौँ नेपाली कार्यरत रहेको अवस्थामा पहिलो पटक गठन भएको NRNA राज्य समिति मलकाले आफ्नै व्यवस्थापनमा, निःशुल्क र निस्वार्थ भावनाले कन्सुलर सेवा आयोजना गर्न दूतावासलाई सहयोग गर्न आग्रह गरेको थियो । तर, संघका पदाधिकारीहरूका अनुसार, नेपाली राजदूतावास मलेसियाले यसप्रति आवश्यक ध्यान नदिएकोर आलटाल गरिरहेकाे स्पष्ट देखिएको छ।

यसमा बाहिरिय राजनितिक प्रभाब समेत परेकाे संघका पदाधिकारि बताउछन यतिबेला  मलेसियाकाे मलकामा NRNA राज्य समिति  कुनैपनि राजनितिक दलमा आबद्व नभई राजनिति भन्दा बाहिर रहेर काम गरिरहेकाे छ । तर मलेसियामा विभिन्न राजनितिक दलहरुकाे दबदबा चल्दै आएकाे छ जसमा NRNA राष्ट्रिय समन्वय समिति देखि लियर अन्य राज्य समितिहरु समेत अछुत छैन्न ।

NRNA मलका स्वतन्त्र युवाहरुकाे सुमहकाे रुपमा चिनिन्छ जहाँ न कुनै ब्यवसायि संङलग्न छन न सक्रिय राजनितिक ब्यक्तिहरुकाे संङलग्नता छ । यस्ताे समुहले  गर्न खाेजेकाे प्रभावकारि काममा राजनितिक हस्तक्षप हुनु कुनै नाैलाे कुरा भने हैन । तरपनि  समितिले बारम्बार  कार्यक्रमकाे  मितिकाे टुङ्गाे माग्दा समेत विभिन्न बाहाना बनाएर कार्यक्रम  छल्न खाेज्नु कुनै सामन्य मान्न भने पटक्कै  सदैन।

यद्वपि राजदूतावासका कार्यवाहक राजदूत रहेकी मुद्वीता बज्राचार्य र NRNA राज्य समिति मलकाका पदाधिकारिहरु बिचकाे बिबादले समेत कार्यक्रम रद्व हुनमा भुमिका खेलेकाे देख्न सकिन्छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]