काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि लागेको अभियोगको अन्तिम किनारा नलाग्दै उनलाई पुनः पार्टीको मूल जिम्मेवारीमा फर्काउने तयारी गरेको छ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएपछि पार्टीले सो निर्णयप्रति स्वागत जनाउँदै उनलाई तत्काल पार्टी जिम्मेवारीमा फर्काउने संकेत गरेको हो। कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा […]
काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]
क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]
काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]
काठमाडौँ – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। उक्त निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी हुने […]
मलेसिया ! मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]
मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]
काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]
काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]