२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

थुनामुक्त भएका रवि लामिछाने लाइ पुनः पार्टीकाे जिम्मेवारीमा फर्काउने रास्वपाकाे तयारी

Logo
HeroNepal-Tv प्रकाशित शनिबार, पुष ०५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि लागेको अभियोगको अन्तिम किनारा नलाग्दै उनलाई पुनः पार्टीको मूल जिम्मेवारीमा फर्काउने तयारी गरेको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएपछि पार्टीले सो निर्णयप्रति स्वागत जनाउँदै उनलाई तत्काल पार्टी जिम्मेवारीमा फर्काउने संकेत गरेको हो।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा अदालतको आदेशको सम्मान गर्दै रास्वपा सधैं ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध’ रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खलाअन्तर्गत रहेको दाबी गरिएको छ। वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै उक्त प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्ने विश्वास पार्टीले लिएको विज्ञप्तिमा उल्लेख छ।

‘कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सभापति ज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिए पनि उनीमाथि लागेका अभियोगमा सफाइ भने दिएको छैन। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार बैंक जमानतमा बाहिर बसेर मुद्दाको प्रक्रिया सामना गर्ने सुविधा मात्रै प्रदान गरिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका आरोपमा विभिन्न अदालतहरूमा मुद्दा चलिरहेका छन्।

यसअघि पनि अभियोग कायमै रहेका बेला प्रहरी अनुसन्धानपछि कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेपछि उनी पार्टी जिम्मेवारीमा फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]