०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

थुनामुक्त भएका रवि लामिछाने लाइ पुनः पार्टीकाे जिम्मेवारीमा फर्काउने रास्वपाकाे तयारी

Logo
HeroNepal-Tv प्रकाशित शनिबार, पुष ०५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि लागेको अभियोगको अन्तिम किनारा नलाग्दै उनलाई पुनः पार्टीको मूल जिम्मेवारीमा फर्काउने तयारी गरेको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएपछि पार्टीले सो निर्णयप्रति स्वागत जनाउँदै उनलाई तत्काल पार्टी जिम्मेवारीमा फर्काउने संकेत गरेको हो।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा अदालतको आदेशको सम्मान गर्दै रास्वपा सधैं ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध’ रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खलाअन्तर्गत रहेको दाबी गरिएको छ। वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै उक्त प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्ने विश्वास पार्टीले लिएको विज्ञप्तिमा उल्लेख छ।

‘कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सभापति ज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिए पनि उनीमाथि लागेका अभियोगमा सफाइ भने दिएको छैन। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार बैंक जमानतमा बाहिर बसेर मुद्दाको प्रक्रिया सामना गर्ने सुविधा मात्रै प्रदान गरिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका आरोपमा विभिन्न अदालतहरूमा मुद्दा चलिरहेका छन्।

यसअघि पनि अभियोग कायमै रहेका बेला प्रहरी अनुसन्धानपछि कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेपछि उनी पार्टी जिम्मेवारीमा फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]