२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा गठन, रमेश राईको अध्यक्षतामा समिति चयन

Logo
HeroNepal-Tv प्रकाशित मंगलबार, पुष ०१, २०८२

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ।

आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो।

संगठनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको हक–अधिकार संरक्षण, सुरक्षा, तलब तथा कागजपत्रसम्बन्धी समस्या समाधान, साथै प्रवासी नेपालीहरूको सामाजिक तथा राजनीतिक सहभागिता विस्तारका लागि सक्रिय भूमिका खेल्ने योजना बनाएको जनाएको छ।

भेलाबाट सर्वसम्मत रूपमा चयन गरिएको मूल समितिका पदाधिकारीहरूको नामावली यसप्रकार छः

पदाधिकारीहरू

  • अध्यक्ष: रमेश राई

  • उपाध्यक्षहरू: सुभ राई, सोनाम शेर्पा, सुजता राई

  • महासचिव: एच्छिक राई

  • सचिव: विकास विश्वकर्मा

  • सह–सचिव: मेनुका लिम्बु

  • कोषाध्यक्ष: भरण शेर राई

  • सह–कोषाध्यक्ष: सौजया लिम्बु

सदस्यहरू
सन्जिब राई, टी.आर. साम्सुहाङ लिम्बु, खगेन्द्र चौलागाई, अबि राई, अबिन्द्र लिम्बु, चित्र वम्बुले, मनकुमारी राई, सुस्मिता केदेम लिम्बु, दिवस राई, तुलसा राई, बिरेन राई, सन्जय बान्तावा, प्रतिक्षा शेर्पा, राम तारानाथ यादव, सन्त कुमार आङ्देम्बे, प्रबिन थुलुङ राई, राजु राई, युगल नेम्बाङ, कमल राई, बिवस राई तथा हेम दर्लामी।

विशेष सल्लाहकारहरू
भबिन कुलुङ, हाङ्सा लिम्बु, अर्थ सेलिङ लिम्बु, युब राज राई, निर्मल लिम्बु, मोहन मगर र भिम कुमार राई चयन भएका छन्।

श्रम संस्कृति पार्टीको मलेसिया प्रवास संगठन गठनसँगै प्रवासी नेपाली श्रमिकहरूको मुद्दालाई संस्थागत रूपमा उठाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]