०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा बिरालो काण्डमा पक्राउ परेका सुरक्षागार्डलाइ आरएम ४० हजार जरिवाना, नतिरे १५ महिना जेल

Logo
HeroNepal-Tv प्रकाशित बिहिबार, मंसिर २६, २०८२

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ।

३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर हास्नियाह अब्दुल रजाकले सजाय सुनाएकी हुन्।

अभियोग अनुसार, घटना गत नोभेम्बर १५ राति १२:३० बजे शाहआलमको कोटा केमुनीङ, सेक्सन–३१ स्थित एक अपार्टमेन्टको चौथो तलामा भएको थियो। अर्मानले सो स्थानमा घरेलु जनावर विरालामाथि क्रुर यौन दुर्व्यवहार गरेको अदालतमा प्रमाणित भएको उल्लेख छ।

उनविरुद्धको मुद्दा “Animal Welfare Act 2015” को धारा 29(1)(a) अन्तर्गत दर्ता गरिएको हो, जसमा ३ वर्षसम्म कैद, आरएम १ लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।

अदालतमा वकिल विना उपस्थित अर्मानले सजाय कम गरिदिन आग्रह गर्दै भने, “म गल्ती गरेको स्वीकार्छु। सजाय घटाइदिनुहोस्। म नेपाल फर्कन चाहन्छु, मेरी आमा बिरामी छिन्।”

तर उप–अभियोजक नुरुल सोफेआ जेसलले अभियुक्तको कृत्य “घिनलाग्दो र समाजले कहिल्यै सहन नहुने” भन्दै कडा सजायको माग गरिन्। उनका अनुसार, “यो घटना सार्वजनिक आक्रोशको विषय बनेको छ, त्यसैले समाजमा स्पष्ट सन्देश जाने गरी कडा सजाय जरुरी छ।”

यसअघि पनि, यही व्यक्तिलाई गत नोभेम्बर २१ मा वैध कागजातविना मलेसियामा बसेर काम गरेको र अर्धनग्न अवस्थामा पाइएको अभियोगमा अदालतले ४ महिनाको जेल सजाय सुनाइसकेको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]