२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली–पोखरेलबीच प्रतिस्पर्धा

Logo
HeroNepal-Tv प्रकाशित मंगलबार, पुष ०१, २०८२

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ।

महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११औँ महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। ईश्वर पोखरेलले भने पहिलोपटक अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन्। दुवै नेताले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।

एमालेमा पदाधिकारी पदका लागि कूल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रारम्भिक सूचीअनुसार उपाध्यक्षमा ११ जना, महासचिवमा २ जना, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष र सचिव पदमा भने धेरै नेताहरूको उम्मेदवारी परेको छ।

५ जना उपाध्यक्षका लागि ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बाले उम्मेदवारी दर्ता गराएका छन्। ओली समूहले प्रस्ताव गरेका प्रदीप ज्ञवालीले भने उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेका छन्।

ईश्वर पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्कीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यही समूहको समर्थन रहने प्रतिबद्धता जनाएपछि रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन्। उनी दुवै पक्षको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको बताइएको छ।

उपमहासचिव पदमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार बनेका छन्। पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ। यसैगरी, पूर्व प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

सचिव पदमा ओली समूहबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेत उम्मेदवार बनेका छन्।

पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्काले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र पूर्वमन्त्री लालबाबु पण्डितले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एमालेको ११औँ महाधिवेशनबाट १९ जना पदाधिकारीसहित कूल ३०१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदानको नतिजापछि एमालेको आगामी नेतृत्व र राजनीतिक दिशाबारे स्पष्ट चित्र आउने अपेक्षा गरिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]