२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मिश्रित निर्वाचन प्रणालीमा दलहरूको फरक सहभागिता: प्रत्यक्ष मात्रै चुनाव लड्ने दलहरू को–को ?

Logo
HeroNepal-Tv प्रकाशित मंगलबार, पुष ०१, २०८२

काठमाडौँ – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। उक्त निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले मिश्रित निर्वाचन प्रणालीअन्तर्गत दुवै प्रणालीमा भाग लिने प्रचलन रहँदै आएको छ।

तर निर्वाचन आयोगको विवरणअनुसार केही राजनीतिक दलहरूले भने प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिई समानुपातिक प्रणालीमा सहभागिता नजनाउने देखिएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १०० राजनीतिक दल दर्ता भएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन्।

आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिई १२ राजनीतिक दलले दल दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागी हुने राजनीतिक दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी तथा राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।

यसैगरी राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिने भएका छन्। यी दलहरूले समानुपातिक निर्वाचन प्रणालीमा भने सहभागिता जनाएका छैनन्।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ सहभागी हुने भएकाले छुट्टै दल दर्ता नगरेका हुन्।

निर्वाचन नजिकिँदै जाँदा दलहरूको फरक–फरक रणनीति र सहभागिताले आगामी निर्वाचनको स्वरूप चासोको विषय बन्दै गएको छ।

Tags:
#निर्वाचन आयोग

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]