काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो । “अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको […]
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न […]
काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ […]
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजेडका नेता सुदन गुरुङको उपस्थिति देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित आयोजित उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहत व्यवस्थापनका विषयमा सुझाव र निर्देशन दिएका छन्। बैठकको भिडियो उनले आफैं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्, जसमा उनी सरकारी अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्दै […]
निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । आजैबाट अव मतदाता नामावली […]
काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको […]
अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ। मन्त्री खनालले मंगलबार यो संयन्त्र सुरु भएको ६ घण्टामै १६६ वटा इमेल प्राप्त भएको जानकारी दिँदै अब समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन्। मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका […]
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्नेलगायत निर्णय गरेको हो। यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्का ९ निर्णय: -जेन-जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय […]
जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छठ पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो। चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न […]
काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका […]