२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलासा

Logo
Heronepal-Tv प्रकाशित सोमबार, मंसिर ०९, २०८२

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलास

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नातेदारलाई नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ।

गत असोज २ गते सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी भएको पुष्टि भएको हो।
आदर्श श्रेष्ठले संगीता आफ्नी पत्नी भएको स्वीकार गर्दै, “प्रधानमन्त्रीको विश्वास र गोपनीयता सुनिश्चित गर्न पत्नीलाई सचिवालयमा ल्याइएको” दाबी गरेका छन्।

त्यही दिन स्वकीय सहसचिवमा नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि आदर्शकै नातेदार भएको खुलेको छ।
तर यस विषयमा उनले आफ्नो नाम अनावश्यक रूपमा जोडिएको बताएका छन्।

श्रेष्ठ यसअघि सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारीका रूपमा कार्यरत थिए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]