०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलासा

Logo
Heronepal-Tv प्रकाशित सोमबार, मंसिर ०९, २०८२

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलास

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नातेदारलाई नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ।

गत असोज २ गते सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी भएको पुष्टि भएको हो।
आदर्श श्रेष्ठले संगीता आफ्नी पत्नी भएको स्वीकार गर्दै, “प्रधानमन्त्रीको विश्वास र गोपनीयता सुनिश्चित गर्न पत्नीलाई सचिवालयमा ल्याइएको” दाबी गरेका छन्।

त्यही दिन स्वकीय सहसचिवमा नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि आदर्शकै नातेदार भएको खुलेको छ।
तर यस विषयमा उनले आफ्नो नाम अनावश्यक रूपमा जोडिएको बताएका छन्।

श्रेष्ठ यसअघि सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारीका रूपमा कार्यरत थिए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]