०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र १७, २०८२

प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत दिएका छन्। सरकारले राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यद्यपि, प्रधानमन्त्री शाहले यो निर्णय अघि अन्य दलहरूसँग औपचारिक छलफल गरेका छैनन्।

यसअघि प्रधानमन्त्रीले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै शासकीय सुधारलाई प्राथमिकतामा राख्ने बताएका थिए। बजेटमा भेदभाव नगर्ने संकेत दिएका उनले संविधान संशोधनबारे भने खुलाएका थिएनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सरकारको यो कदम अन्य दलहरूको धारणा बुझ्ने रणनीतिक प्रयास हुन सक्छ। विशेषगरी कार्यकारी प्रधानमन्त्री प्रणाली, प्रदेश संरचना र निर्वाचन प्रणाली सुधारका विषयमा दलहरूको प्रतिक्रिया नाप्ने उद्देश्य देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै संविधान संशोधनलाई आफ्नो एजेन्डा बनाउँदै आएको छ। तर, प्रदेश संरचनाबारे भने पार्टीभित्रै फरक–फरक धारणा देखिँदै आएको छ।

सरकारले कार्यदल गठनसँगै बजेट अधिवेशन बोलाउने निर्णय पनि गरेको छ। यसले संविधान संशोधन प्रक्रिया अब तीव्र बन्ने संकेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]