१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र १७, २०८२

प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत दिएका छन्। सरकारले राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यद्यपि, प्रधानमन्त्री शाहले यो निर्णय अघि अन्य दलहरूसँग औपचारिक छलफल गरेका छैनन्।

यसअघि प्रधानमन्त्रीले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै शासकीय सुधारलाई प्राथमिकतामा राख्ने बताएका थिए। बजेटमा भेदभाव नगर्ने संकेत दिएका उनले संविधान संशोधनबारे भने खुलाएका थिएनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सरकारको यो कदम अन्य दलहरूको धारणा बुझ्ने रणनीतिक प्रयास हुन सक्छ। विशेषगरी कार्यकारी प्रधानमन्त्री प्रणाली, प्रदेश संरचना र निर्वाचन प्रणाली सुधारका विषयमा दलहरूको प्रतिक्रिया नाप्ने उद्देश्य देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै संविधान संशोधनलाई आफ्नो एजेन्डा बनाउँदै आएको छ। तर, प्रदेश संरचनाबारे भने पार्टीभित्रै फरक–फरक धारणा देखिँदै आएको छ।

सरकारले कार्यदल गठनसँगै बजेट अधिवेशन बोलाउने निर्णय पनि गरेको छ। यसले संविधान संशोधन प्रक्रिया अब तीव्र बन्ने संकेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]