०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

जेनजी प्रदर्शनमा देखिएको ‘टीओबी’ समूह केवल बाइक राइडका लागि गठन भएको प्रहरी अनुसन्धानले पुष्टि

Logo
Heronepal-Tv प्रकाशित मंगलबार, मंसिर १०, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ।

भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ।

बाइक राइडका लागि गठन, विदेशी सहयोग छैन

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार टीओबी समूह २०२४ जुन १० मा दा‌वा लामा नेतृत्वमा ‘बाइक ग्रुप’का रूपमा दर्ता भएको खुलेको हो।
उनीहरू बीचमा ह्वाट्सएप र इन्स्टाग्रामबाट नियमित सम्पर्क हुने र समूहमा ५६ सदस्य भए पनि हाल २५ मात्र सक्रिय रहेको पाइएको छ।

प्रहरीको अनुसन्धानले समूहलाई कुनै विदेशी संस्था वा व्यक्तिबाट आर्थिक सहयोग नपएको स्पष्ट पारेको छ।

दावा लामा नेपाली होइन, कीर्ते नागरिकता लिएको खुलासा

अनुसन्धानका क्रममा दावाले किर्ते गरी नागरिकता र राहदानी लिएर नेपाली परिचय बनाएको खुलेको छ।
टीओबी समूहमा सहभागी अन्य सबै सदस्य भने नेपाली नै रहेको प्रहरीको भनाइ छ।

१४ मोटरसाइकल नियन्त्रणमा

जेनजी प्रदर्शनमा प्रयोग भएका १४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
टीओबी टिसर्टमा रहेको ड्रागन लोगोको डिजाइनर पनि दावै भएको बयानबाट स्पष्ट भएको छ।

टीओबी समूहको संरचना (प्रहरीले सार्वजनिक गरेको)

अध्यक्ष: तेन्जिन दावा लामा

उपाध्यक्ष: सिद्धार्थ तामाङ

रोड क्याप्टेन: मिन्तोक लिम्बु

राइड म्यानेजमेन्ट: आएन राई

आर्थिक व्यवस्थापन: ग्यालेन लामा

सुरक्षा व्यवस्थापन: विशाल तामाङ

उनीहरूले चाबहिलस्थित लाइभ गार्डेन र गोपिकृष्ण हल नजिक ‘चिया बस्ती’ मा बैठक तथा राइड प्लानिङ गर्ने गरेको प्रहरीले बताएको छ।

समूहले प्रत्येक छ महिनामा काठमाडौं बाहिर बाइक यात्रा गर्ने गरेको पाइएको छ—तीनपटक मुस्ताङ, दुईपटक अपर मुस्ताङ, पोखरा, सिन्धुपाल्चोकको तातोपानी लगायतका स्थानमा।

जेनजी प्रदर्शनमा कसरी सहभागी भए ?

भदौ २२ गते टीओबी समूहको इन्स्टाग्राममा सेनामा शेर्पाले सेयर गरेको पोस्ट देखेपछि उनीहरू भोलिपल्टको प्रदर्शनमा सहभागी हुने निर्णयमा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।

भदौ २३ बिहान ११ बजे उनीहरू गोपिकृष्ण नजिकैको चिया बस्तीमा भेला भई २० बाइकको समूहमा बानेश्वर पुगेका थिए।

बिजुलीबजारमा दावाले ‘मेरो देश मलाई फिर्ता चाहियो’ भन्दै अभिव्यक्ति दिएको र त्यसपछि भीड तातिएको प्रहरी अनुसन्धानमा उल्लेख छ।

बानेश्वरमा दावाको टाउकोमा ढुंगा लागेपछि उनीहरूले नजिकैको मेडिकल पसलमा उपचार गरी घर फर्किएका थिए।
२४ गतेको प्रदर्शनमा भने टीओबीका कुनै सदस्य नदेखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

दावा लामाको पारिवारिक जानकारी

प्रहरीका अनुसार दावाकी आमा माया लामा हुन् तर बुबाबारे कुनै जानकारी फेला परेन।
सन् २००७ सम्म कुङ्गा दावा शेर्पाको सहयोगमा काठमाडौंको बौद्धमा बसोबास गर्दै आएका दावाले पछिल्लो समय ट्याटु आर्टिष्टका रूपमा काम गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]