मलेसिया:=विदेशी भूमिमा उभिएको एउटा नाम हो — रमेश पौडेल। प्रवासको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका छन्, ती हुन् पौडेल। खोटाङको माटोबाट जन्मिएर मलेसियाको भूमिमा समर्पणको बाली रोपिरहेका रमेशजीको जीवनशैली नै समाजसेवामा अडिएको छ। लामो समयदेखि मलेसियामा दशकभन्दा बढी समयदेखि मलेसियामा कार्यरत पौडेलले प्रवासी जीवनका हरेक आरोह–अवरोहको नजिकबाट […]
गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै AGM गरी नयाँ नेतृत्व चयन गरिसकिएको छ । यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको […]
१५ साउन आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला १५ असारमा दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा […]
क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको नवौं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने पक्का भएसँगै सचिव पदमा समाजसेवी युवा उमेश महतो ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। मलेसियामा झन्डै एक दशकदेखि स्थायी बसोबास गर्दै आएका उमेश महतो विभिन्न सामाजिक संघ-संस्थासँग आवद्ध रही श्रमिक अधिकारको पक्षमा […]
क्वालालम्पुर:=मलेसियामा प्रख्यात नेपाली संगीतकार तथा गायक राजनराज सिवाकोटी गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया शाखाको आयोजनामा हुन गइरहेको विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन मलेसिया आइपुग्नु भएको छ। उहाँ शनिबार बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलमा गैरआवासीय नेपाली संघका पदाधिकारी, नेपाली समाजका अगुवा तथा संगीतप्रेमीहरूले उहाँलाई भव्य स्वागत गरेका थिए। साङ्गीतिक कार्यक्रममा राजनराज सिवाकोटीले आफ्ना […]
सुमन विश्वकर्माकाे बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ। विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा […]
मलेसिया | गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले आगामी अधिवेशन ‘एकताको अधिवेशन’को रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। कार्यसमिति बाहिर रहेका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सक्रिय पहलमा गरिएको एकताको प्रयासप्रति संघले आभार व्यक्त गरेको छ। संघका अध्यक्ष राकेश महत्तोका अनुसार, सबैलाई समेटेर सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै अधिवेशनलाई साझा सहभागितामूलक […]
मलका, मलेसिया । (१३ जुलाई २०२५) मा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको छ। उक्त समितिका लागि आईतबार एक महत्वपूर्ण अधिवेशन सम्पन्न भएको थियो, जसले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित […]
प्रत्येक वर्ष १५ असारमा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । १५ असारलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा मुद्दा दर्ता भएको छ । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी अहिले भैरहवा कारागारमा थुनामा छन् । सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता […]