०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाद्वारा दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ३०, २०८२

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गरेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८१ भव्यताका साथ सम्पन्न भएको छ।

सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन मलेसियाको Cosmo Hotel, Kuala Lumpur मा सम्पन्न अधिवेशन बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्पन्न भयो।

कार्यक्रममा संघको विधान संशोधन, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा आगामी कार्ययोजना प्रस्तुत गरिनुका साथै नयाँ कार्यसमितिको सर्वसम्मत चयनसमेत सम्पन्न भएको थियो।

अधिवेशनबाट निम्न पदाधिकारीहरु चयन भएका छन्:

अध्यक्ष: प्रकाश के.सी.

वरिष्ठ उपाध्यक्ष: शन्ताेस सरगल खाती

उपाध्यक्षहरू: संंजय शाहि

महासचिव: केश राेका मगर

सचिव: बिकाश राेका

सह–सचिव: टेकनाथ रिजाल

कोषाध्यक्ष: दुर्गा राेका मगर

सह–कोषाध्यक्ष: मिलन बाेहाेरा

महिला उपाध्यक्ष: रेजिना गुरुङ

सदस्यहरसमा :

प्रकाश बदेवा

विकाश बोहरा

दिनेश घर्ति

विकाश श्रेपाली

दिपेन्द्र बोहरा

लाेक बहादुर बाेहाेरा

जयबहादुर डास मगर

कार्यक्रममा नेपाली सांगीतिक माहोल समेत उत्कृष्ट बनेको थियो। गायकहरू दिल थापा मगर, नितेन्द्र बुढा मगर, बाबुराम थापा, पूर्ण जिरेल लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने नृत्य प्रस्तुतीमा कासी गुरुङ, शर्मिला लिम्बु, वर्षा राई रहेका थिए।

साथै, म्याग्दी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू — मल्लिका मन्दिर, सिंगा तातोपानी, रूप्से झरना, घोरेपानी, दुर्लेखख, गल्सेवर र पुनहिल — का झलकहरू पोस्टरमार्फत प्रदर्शित गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन विभिन्न मिडिया हाउसहरू — Bara Dainik, Himaltimes, Nepalijanatakhabar, Thangichagu, युवाको आवाज, जनसवाल, HeroNepal TV लगायतले मिडिया पार्टनरको रूपमा साथ दिएका थिए।

संघका अध्यक्ष र सम्पूर्ण कार्यसमिति यस सफल आयोजनाप्रति खुशी व्यक्त गर्दै, मलेसियास्थित सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई सहभागी भएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]