०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाद्वारा दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ३०, २०८२

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गरेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८१ भव्यताका साथ सम्पन्न भएको छ।

सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन मलेसियाको Cosmo Hotel, Kuala Lumpur मा सम्पन्न अधिवेशन बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्पन्न भयो।

कार्यक्रममा संघको विधान संशोधन, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा आगामी कार्ययोजना प्रस्तुत गरिनुका साथै नयाँ कार्यसमितिको सर्वसम्मत चयनसमेत सम्पन्न भएको थियो।

अधिवेशनबाट निम्न पदाधिकारीहरु चयन भएका छन्:

अध्यक्ष: प्रकाश के.सी.

वरिष्ठ उपाध्यक्ष: शन्ताेस सरगल खाती

उपाध्यक्षहरू: संंजय शाहि

महासचिव: केश राेका मगर

सचिव: बिकाश राेका

सह–सचिव: टेकनाथ रिजाल

कोषाध्यक्ष: दुर्गा राेका मगर

सह–कोषाध्यक्ष: मिलन बाेहाेरा

महिला उपाध्यक्ष: रेजिना गुरुङ

सदस्यहरसमा :

प्रकाश बदेवा

विकाश बोहरा

दिनेश घर्ति

विकाश श्रेपाली

दिपेन्द्र बोहरा

लाेक बहादुर बाेहाेरा

जयबहादुर डास मगर

कार्यक्रममा नेपाली सांगीतिक माहोल समेत उत्कृष्ट बनेको थियो। गायकहरू दिल थापा मगर, नितेन्द्र बुढा मगर, बाबुराम थापा, पूर्ण जिरेल लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने नृत्य प्रस्तुतीमा कासी गुरुङ, शर्मिला लिम्बु, वर्षा राई रहेका थिए।

साथै, म्याग्दी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू — मल्लिका मन्दिर, सिंगा तातोपानी, रूप्से झरना, घोरेपानी, दुर्लेखख, गल्सेवर र पुनहिल — का झलकहरू पोस्टरमार्फत प्रदर्शित गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन विभिन्न मिडिया हाउसहरू — Bara Dainik, Himaltimes, Nepalijanatakhabar, Thangichagu, युवाको आवाज, जनसवाल, HeroNepal TV लगायतले मिडिया पार्टनरको रूपमा साथ दिएका थिए।

संघका अध्यक्ष र सम्पूर्ण कार्यसमिति यस सफल आयोजनाप्रति खुशी व्यक्त गर्दै, मलेसियास्थित सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई सहभागी भएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]