०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

रोल्पाली सेवा समाज जोहोर मलेसियाले दशैं विशेष कार्यक्रम र बार्षिकोत्सव समारोह गर्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

जोहोरबारु, मलेसिया – 28 सेप्टेम्बर 2025 (आइतबार) रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा “दशैं विशेष कार्यक्रम 2082” तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह मलेसियाको जोहोरबारुस्थित JO HOTEL मा हुने भएको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ।

“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबद्ध होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको रोल्पाली सेवा समाज मलेसियाले यसपटकको दसैंलाई विशेष बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

यस विशेष अवसरमा विविध सांस्कृतिक कार्यक्रम, सहयोगी दाताहरुलाई सम्मान गर्ने समारोह, साथै रोल्पाका धार्मिक तथा ऐतिहासिक स्थलहरूको फोटो प्रदर्शनी समेत समावेश गरिनेछ।

समाजका अनुसार, कार्यक्रम फूलपातीको अघिल्लो दिन, अर्थात् सेप्टेम्बर 28 (आइतबार) मा आयोजना गरिनेछ, जसले प्रवासी नेपालीहरूमा चाडपर्वको भावनात्मक समर्पणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

रोल्पाली मात्र नभई मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइ सफल बनाइदिन आयोजकले हार्दिक आमन्त्रण गरेका छन्।

आयोजक:

रोल्पाली सेवा समाज मलेसिया

सह-आयोजक:

रोल्पाली सेवा समाज मलेसिया क्षेत्रीय समिति जोहोर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]