०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रोल्पाली सेवा समाज जोहोर मलेसियाले दशैं विशेष कार्यक्रम र बार्षिकोत्सव समारोह गर्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

जोहोरबारु, मलेसिया – 28 सेप्टेम्बर 2025 (आइतबार) रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा “दशैं विशेष कार्यक्रम 2082” तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह मलेसियाको जोहोरबारुस्थित JO HOTEL मा हुने भएको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ।

“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबद्ध होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको रोल्पाली सेवा समाज मलेसियाले यसपटकको दसैंलाई विशेष बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

यस विशेष अवसरमा विविध सांस्कृतिक कार्यक्रम, सहयोगी दाताहरुलाई सम्मान गर्ने समारोह, साथै रोल्पाका धार्मिक तथा ऐतिहासिक स्थलहरूको फोटो प्रदर्शनी समेत समावेश गरिनेछ।

समाजका अनुसार, कार्यक्रम फूलपातीको अघिल्लो दिन, अर्थात् सेप्टेम्बर 28 (आइतबार) मा आयोजना गरिनेछ, जसले प्रवासी नेपालीहरूमा चाडपर्वको भावनात्मक समर्पणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

रोल्पाली मात्र नभई मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइ सफल बनाइदिन आयोजकले हार्दिक आमन्त्रण गरेका छन्।

आयोजक:

रोल्पाली सेवा समाज मलेसिया

सह-आयोजक:

रोल्पाली सेवा समाज मलेसिया क्षेत्रीय समिति जोहोर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]