२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा गर्ने तयारी,के सम्भव हाेलात ?

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन २४, २०८२

एनआरए दिवस ११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा हुने वार्ता अन्तिम चरणमा पुगेको छ । चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत एकताको प्रयास तीव्र बनेको हो ।

संघ स्रोतका अनुसार बिहीबार काठमाडौंको ठमेलस्थित एक होटलमा संघका वर्तमान पदाधिकारी, संस्थापक तथा पूर्वपदाधिकारीबीच गोप्य बैठक सम्पन्न भएको हो। बैठकले एनआरएनए भित्र अब एकता बाहेक कुनै विकल्प नरहेको निष्कर्ष निकाल्दै आगामी अक्टोबर ११ (शनिवार) का दिन एकताको घोषणा गर्न नेतृत्वलाई सुझाव दिएको स्रोतले जनाएको छ।

बैठकमा संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रामशरण सिंखडा र शेष घलेले गरेको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ सहित पूर्वउपाध्यक्षद्वय डिबी क्षेत्री, सोनाम लामा, पूर्वप्रवक्ता जुगल भुर्तेल, संस्थापक महासचिव भिम उदासलगायतको उपस्थिति रहेको जनाइएको छ ।

बैठकपछि अध्यक्ष डा. केसीले आफ्नो फेसबुकमार्फत “अक्टोबर ११, गैरआवासीय नेपाली दिवसको अवसरमा संघलाई एकताबद्ध बनाउन प्रतिबद्ध छु” भन्ने सन्देश सार्वजनिक गरेका छन्। स्रोतका अनुसार दुवै पक्षबीच सहमतिका प्रारम्भिक बुँदाहरू गोप्य रूपमा तयार पारिँदै छन् ।

एकताको प्रारूप तयार पार्ने जिम्मेवारी पाएका दुवै पक्षका प्रमुख पात्रहरूको नाम गोप्य राखिएको बताइएको छ । बृहत एकता महाधिवेशनतर्फ तयारी भइरहेका बेला केही विरोधी तत्वहरूले अवरोध पुर्‍याउने सम्भावना रहेको आशंकामा गोप्य रूपमा सहमति प्रक्रिया अघि बढाइएको जनाइएको छ।

स्रोतका अनुसार अध्यक्ष डा. केसी र महेश श्रेष्ठबीच सैद्धान्तिक सहमति भइसकेको छ। “देशको अवस्था र संस्थाको बदनाम छवि हेर्दा पनि अब बृहत एकताको विकल्प छैन। जो एकता विरोधी छन्, उनीहरू स्वयम् संस्थाबाट अलग हुनेछन्,” स्रोतले भन्यो।

बैठक स्रोतका अनुसार आगामी शनिबार मनाइने एनआरएनएको स्थापना दिवसका कार्यक्रमहरू पनि संयुक्त रूपमा आयोजना गर्ने तयारी भइरहेको छ। संघले पशुपतिनाथ र स्वयम्भूनाथ मन्दिरमा संयुक्त पूजाको साथै सघको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन कार्यक्रमसमेत तय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]