०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

महेश बस्नेतलाई सुदन गुरुङले दिए चेतावनी : झुट नफैलाउनू

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०४, २०८२

जेनजी आन्दोलनको अगुवाको परिचय बनाएका सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले आफूसँग संवाद गरेको र आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक भएको भनेर गरेको दाबी निराधार भएको बताएका छन्।

उनको संस्था हामी नेपालले आज (शनिबार) विज्ञप्ति जारी गरी त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई विश्वास नगर्न आग्रह गरेको हो।

वक्तव्यमा भनिएको छ, ‘सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्तो संवाद कहिल्यै भएको छैन र कहिल्यै हुने पनि छैन। हामी उनलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ।’

सुदनले वक्तव्यमार्फत महेशलाई भनेका छन्, ‘झुट नफैलाउनू। संविधानले तपाईंलाई संरक्षण दिएको छ भन्ने अर्थ यो होइन कि तपाईं नैतिक रूपमा पनि सुरक्षित हुनुहुन्छ। इतिहासले र जनताले तपाईंलाई जिम्मेवार ठहर गर्नेछन्।’

सुदनले आफ्ना समर्थकलाई सचेत रहन आग्रह पनि गरेका छन्।

‘यी बनावटी दाबीबाट भ्रमित नहुनुहोस्। सतर्क रहनुहोस्, एकताबद्ध रहनुहोस्। सुदन गुरुङ र हामी नेपाल सुरुदेखि नै जनताको पक्षमा उभिएका छौँ र सधैँ उभिनेछौँ। यो आन्दोलन जनताको हो, भ्रष्ट राजनीतिका लागि होइन।’

महेशका क्रियाकलापलाई वक्तव्यमा फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका भनेर आरोप लगाइएको छ।

‘हामी महेश बस्नेतलाई अस्वीकार गर्छौं। उनले गर्ने प्रत्येक झुट, प्रत्येक प्रपञ्च, प्रत्येक भ्रामक दाबीलाई हामी अस्वीकार गर्छौं। हामी उनको राजनीति, उनका फोहोरी खेल र जनतालाई धोका दिन खोज्ने निर्लज्ज प्रयासलाई अस्वीकार गर्छौं’, विज्ञप्तिमा भनिएको छ।

सुदनले आफू सधैँ यो आन्दोलन र जनताका पक्षमा रहने प्रतिबद्धता जनाउँदै राजनीतिक खेलमा सहभागी नहुने उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]