१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ३०, २०८२

क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५  हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ। “तन, मन, धन… स!” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले प्रवासी मधेसी नेपाली समुदायबीचको एकता, सहयोग र सेवाको भावनालाई थप प्रगाढ बनाएको छ।

कार्यक्रममा मलेसियामा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी, मिडिया प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहका मुख्य आकर्षणहरू

प्रवासी समुदायको योगदानको कदर गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान प्रदान

संस्थाको भावी योजना र नयाँ नेतृत्व चयन

मधेसी कला र परम्पराको झल्को दिने सांस्कृतिक प्रस्तुतीहरू

कार्यक्रमको सफलतापूर्वक सञ्चालन गर्दै आयोजक संस्था हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमितिले यस अधिवेशनले प्रवासी मधेसीहरूको आवाजलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। साथै, मिडिया पार्टनरहरूमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा व्यापक प्रचारप्रसार गरिएको थियो।

संस्थाले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग, शिक्षा, स्वास्थ्य र समुदाय सशक्तीकरणका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

नयाँ निर्वाचित नेतृत्व तथा कार्यसमिति

संस्थापक अध्यक्ष: दिपक मण्डल

संरक्षक: उदय महतो

द्वितीय संरक्षक: उदय ना. मण्डल

अध्यक्ष: प्रमोद कुमार महतो

वरिष्ठ उपाध्यक्ष: सुरेन्द्र महतो

द्वितीय उपाध्यक्ष: संजिव यादब

महासचिव: संतोष महतो

सचिव: तुलाराम मण्डल

सह-सचिव: फुलगेन महतो

कोषाध्यक्ष: जय प्रकाश साह

सह-कोषाध्यक्ष: राम नरायण मण्डल

मिडिया रिपोर्टर: देव ना. महतो

वरिष्ठ सल्लाहकार: बेचन मण्डल

सल्लाहकारहरू:

बसंत मण्डल

राजेन्द्र यादब

राम उदगार यादब

सदस्यहरू:

राम बहादुर महतो

आनन्देब मण्डल

पशुपति ठाकुर

शाखा अध्यक्षहरू:

जोहोर शाखा: आनन्द साह

सरेमबान शाखा: सुर्यनारायण यादब

केएल शाखा: पबन कुमार महतो

हेल्प मधेसी मलेसियाले सम्पूर्ण सहभागी, शुभेच्छुक, अतिथि र मिडिया पार्टनरहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ मजबुत रूपमा अगाडि बढ्ने प्रतिवद्धता दोहोर्याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]