०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनआरएनए A समुह मलेसियाद्वारा नेपालको पुनर्निर्माण कोषमा सहयोगको घोषणा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०६, २०८२

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए)A समुह राष्ट्रिय समन्वय परिषद्, मलेसियाले नेपालमा हालै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनए A समुह मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मातृभूमिप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग संकलन गरी छिट्टै नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए । मध्यान्ह दैनिकसँगको कुराकानीमा उनले गत आइतबार बसेको संघको मासिक भेलामा सहिदहरूप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बताए ।

अध्यक्ष महतोले भने, “मातृभूमिमा संकट परेको बेला साथ दिनु हाम्रो कर्तव्य हो । हामीले पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय गरेका छौं ।”

एनआरएनए A समुह मलेसियाले मलेसियामा रहेका अन्य नेपाली संघसंस्थाहरूलाई पनि यो संकटको समयमा पुनर्निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

एनआरएनए A समुह मलेसियाको यो पहलले नेपालको पुनर्निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नाेट ः गैरआवासीय नेपाली संघ (एनआरएनए) A समुह मलेसिया नामाकरण मलेसियामा रहेकाे नेपाली राजदुताबास मलेसियाका महामहिम राजदुत नेत्र तिमसेनाले राजदुताबासमा भएकाे एक समाराेहका विच गर्नुभएकाे हाे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]