०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

एनआरएनए A समुह मलेसियाद्वारा नेपालको पुनर्निर्माण कोषमा सहयोगको घोषणा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०६, २०८२

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए)A समुह राष्ट्रिय समन्वय परिषद्, मलेसियाले नेपालमा हालै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनए A समुह मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मातृभूमिप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग संकलन गरी छिट्टै नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए । मध्यान्ह दैनिकसँगको कुराकानीमा उनले गत आइतबार बसेको संघको मासिक भेलामा सहिदहरूप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बताए ।

अध्यक्ष महतोले भने, “मातृभूमिमा संकट परेको बेला साथ दिनु हाम्रो कर्तव्य हो । हामीले पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय गरेका छौं ।”

एनआरएनए A समुह मलेसियाले मलेसियामा रहेका अन्य नेपाली संघसंस्थाहरूलाई पनि यो संकटको समयमा पुनर्निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

एनआरएनए A समुह मलेसियाको यो पहलले नेपालको पुनर्निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नाेट ः गैरआवासीय नेपाली संघ (एनआरएनए) A समुह मलेसिया नामाकरण मलेसियामा रहेकाे नेपाली राजदुताबास मलेसियाका महामहिम राजदुत नेत्र तिमसेनाले राजदुताबासमा भएकाे एक समाराेहका विच गर्नुभएकाे हाे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]