०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०१, २०८२

काठमाडौं , नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।

असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले सुनाए ।

असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]