पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको दुवै मृगौलामा खराबी देखिएकाले डायलासिस भइरहेको उनका आफन्तले जानकारी दिएका छन ।
वैकल्पिक गोलरक्षक अञ्जना रानामगर टाइब्रेकरमा चम्किएपछि बुधबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हराएको छ । दुई दिनको अन्तरमा नेपालले भारतमाथि दोस्रोपटक जित निकालेको हो । समग्रमा २० अन्तर्राष्ट्रिय भारतविरुद्धको खेलमा नेपालले पाँचौँपटक सफलता प्राप्त गरेको हो । गत सोमबार पनि नेपालले त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा भारतलाई २–१ ले पाखा लगाएको थियो । सिक्किमको पाल्जोर […]
काठमाडौं । वर्षौँदेखि विवादित भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया अब सरल र सहज बन्ने भएको छ। सरकारले अध्यागमन कार्यविधि संशोधन गरी पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने तीनबुँदे व्यवस्था लागू गर्न तयारी गरेको हो। अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गर्दै झन्झटमुक्त प्रणाली कार्यान्वयनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै स्वीकृति […]
काठमाडौं । मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीहरूका लागि नयाँ १० वटा मापदण्ड तोकेको छ। ती मापदण्ड पूरा गर्ने कम्पनीहरूले मात्र मलेसियामा कामदार पठाउन पाउनेछन्। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पत्राचार गर्दै सो मापदण्डबारे जानकारी गराएको छ। दूतावासले पनि उक्त जानकारी नेपाल सरकारलाई पठाइसकेको बताइएको छ। मलेसियाको मानव […]
क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको थियो । समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको […]
पछिल्लो समय विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रसंग चलिरहेका बेला एकीकृत समाजवादीले पनि आन्तरिक छलफलको तयारी गरेको हो । यही छलफलका लागि केन्द्रीय कमिटी बैठक डाकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । बैठक आगामी कार्तिक १२ गते बस्नेछ । बैठकको मुख्य एजेण्डानै बाम एकता र पार्टी एकतासँग जोडिने छ । सँगै समसामयिक राजनीतिक घटना, आगामी निर्वाचन, […]
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको […]
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाईतिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस […]
काठमाडौं। यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको छ। भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको ख्याल […]
पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]