०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनकाे, सम्पूर्ण तयारी पूरा

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, पुष १७, २०८२

क्वालालम्पुर (मलेसिया) – नेपाली कांग्रेस पार्टीको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति मलेसिया ले यहीँ जनवरी ०४ गते आयोजना गर्न लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टल मा बिहान ११:०० बजेदेखि सुरु हुने उक्त अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण राज शर्मा पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ।

समितिका अनुसार अधिवेशनलाई प्रवास मलेसियामा संगठन विस्तार, लोकतान्त्रिक समाजवादका मूल्य–मान्यताको प्रवर्द्धन तथा नेपाली कांग्रेस समर्थकहरूबीच आपसी एकता मजबुत बनाउने महत्वपूर्ण अवसर का रूपमा लिइएको छ।

रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनुभएका, लोकतान्त्रिक समाजवादको सिद्धान्तमा विश्वास गर्ने तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा सहभागिताका लागि सार्वजनिक रूपमा हार्दिक अनुरोध गरिएको छ।

अधिवेशनमा सहभागिताका लागि मलेसियास्थित नेपाली राजदूतावास तथा विभिन्न संघ–संस्थालाई समेत औपचारिक रूपमा निमन्त्रणा गरिसकिएको आयोजक समितिले जनाएको छ। कार्यक्रमलाई थप आकर्षक बनाउन नेपाली कलाकारद्वारा सांगीतिक–सांस्कृतिक प्रस्तुति समेत रहने जानकारी दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]