०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनकाे, सम्पूर्ण तयारी पूरा

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, पुष १७, २०८२

क्वालालम्पुर (मलेसिया) – नेपाली कांग्रेस पार्टीको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति मलेसिया ले यहीँ जनवरी ०४ गते आयोजना गर्न लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टल मा बिहान ११:०० बजेदेखि सुरु हुने उक्त अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण राज शर्मा पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ।

समितिका अनुसार अधिवेशनलाई प्रवास मलेसियामा संगठन विस्तार, लोकतान्त्रिक समाजवादका मूल्य–मान्यताको प्रवर्द्धन तथा नेपाली कांग्रेस समर्थकहरूबीच आपसी एकता मजबुत बनाउने महत्वपूर्ण अवसर का रूपमा लिइएको छ।

रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनुभएका, लोकतान्त्रिक समाजवादको सिद्धान्तमा विश्वास गर्ने तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा सहभागिताका लागि सार्वजनिक रूपमा हार्दिक अनुरोध गरिएको छ।

अधिवेशनमा सहभागिताका लागि मलेसियास्थित नेपाली राजदूतावास तथा विभिन्न संघ–संस्थालाई समेत औपचारिक रूपमा निमन्त्रणा गरिसकिएको आयोजक समितिले जनाएको छ। कार्यक्रमलाई थप आकर्षक बनाउन नेपाली कलाकारद्वारा सांगीतिक–सांस्कृतिक प्रस्तुति समेत रहने जानकारी दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]