१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

म्याग्दीमा भलिबल कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु

Logo
Heronepal-Tv प्रकाशित शनिबार, पुष २६, २०८२

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ।
भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले कभर्ड हल निर्माण गर्न लागिएको हो। संघका अनुसार उक्त हल निर्माणका लागि पहिलो चरणमा जग्गा खरिद अनिवार्य भएकाले देश–विदेशमा रहेका भलिबल प्रेमी, खेलकुद अभियन्ता, संघ–संस्था तथा सहयोगदातालाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

संघले म्याग्दी जिल्लाको सदरमुकाम बेनी नगरपालिका–७ क्षेत्रमा करिब २ रोपनी ८ आना क्षेत्रफलको जग्गा खरिद गर्ने योजना बनाएको छ। अनुमानित खर्च करिब १ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको संघले जनाएको छ। हालसम्म विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग संकलन भई बैंक खातामा रकम जम्मा गरिएको पनि संघले जानकारी दिएको छ।
प्रस्तावित कभर्ड हल निर्माणपछि भलिबल प्रशिक्षण केन्द्र स्थापना गरिने, वर्षभरि नियमित प्रशिक्षण सञ्चालन हुने, विभिन्न उमेर समूहका प्रतियोगिता आयोजना गरिने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै, जिल्लाको पहिचानसँग जोडिने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।
आर्थिक सहयोग गर्ने दाताहरूलाई योगदानको स्तरअनुसार सम्मान गर्ने व्यवस्था गरिएको छ। संघका अनुसार ५० हजारदेखि माथि सहयोग गर्ने व्यक्तिको नाम शिलालेखमा राखिने, ठूलो रकम सहयोग गर्ने दातालाई विशेष संरक्षकका रूपमा सम्मान गरिनेछ।

यसैबीच, म्याग्दी जिल्ला भलिबल संघले २०८२ साल पौष १५ गते बेनीमा आर्थिक सहयोग संकलन अभियानको औपचारिक शुभारम्भ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा खेलकुद क्षेत्रका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

संघले म्याग्दी जिल्लाको समग्र खेलकुद विकास र भावी पुस्ताका लागि दिगो पूर्वाधार निर्माण गर्न सबैको साथ, सहयोग र ऐक्यबद्धताको आवश्यकता रहेको भन्दै सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]