०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

म्याग्दीमा भलिबल कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु

Logo
Heronepal-Tv प्रकाशित शनिबार, पुष २६, २०८२

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ।
भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले कभर्ड हल निर्माण गर्न लागिएको हो। संघका अनुसार उक्त हल निर्माणका लागि पहिलो चरणमा जग्गा खरिद अनिवार्य भएकाले देश–विदेशमा रहेका भलिबल प्रेमी, खेलकुद अभियन्ता, संघ–संस्था तथा सहयोगदातालाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

संघले म्याग्दी जिल्लाको सदरमुकाम बेनी नगरपालिका–७ क्षेत्रमा करिब २ रोपनी ८ आना क्षेत्रफलको जग्गा खरिद गर्ने योजना बनाएको छ। अनुमानित खर्च करिब १ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको संघले जनाएको छ। हालसम्म विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग संकलन भई बैंक खातामा रकम जम्मा गरिएको पनि संघले जानकारी दिएको छ।
प्रस्तावित कभर्ड हल निर्माणपछि भलिबल प्रशिक्षण केन्द्र स्थापना गरिने, वर्षभरि नियमित प्रशिक्षण सञ्चालन हुने, विभिन्न उमेर समूहका प्रतियोगिता आयोजना गरिने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै, जिल्लाको पहिचानसँग जोडिने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।
आर्थिक सहयोग गर्ने दाताहरूलाई योगदानको स्तरअनुसार सम्मान गर्ने व्यवस्था गरिएको छ। संघका अनुसार ५० हजारदेखि माथि सहयोग गर्ने व्यक्तिको नाम शिलालेखमा राखिने, ठूलो रकम सहयोग गर्ने दातालाई विशेष संरक्षकका रूपमा सम्मान गरिनेछ।

यसैबीच, म्याग्दी जिल्ला भलिबल संघले २०८२ साल पौष १५ गते बेनीमा आर्थिक सहयोग संकलन अभियानको औपचारिक शुभारम्भ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा खेलकुद क्षेत्रका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

संघले म्याग्दी जिल्लाको समग्र खेलकुद विकास र भावी पुस्ताका लागि दिगो पूर्वाधार निर्माण गर्न सबैको साथ, सहयोग र ऐक्यबद्धताको आवश्यकता रहेको भन्दै सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]