०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

Logo
Manoj Dashaundi प्रकाशित आइतबार, पुष २०, २०८२

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो।
समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो भने विनोद थापा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
अधिवेशनमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय संयोजक हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु, राकेश महतो लगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सर्वसम्मत रूपमा नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा निर्वाचित हुनुभएको छ।
यस्तो छ नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति:
अध्यक्ष १) चोलाकान्त पंगेनी
वरिष्ठ उपाध्यक्ष
२) कमलप्रसाद गौतम
उपाध्यक्षहरू
३) टेकबहादुर टमटा
४) हरिप्रसाद कोइराला
५) गणेशबहादुर राउत
६) सन्तोष पौडेल
७) ज्ञानेन्द्रबहादुर सिंह
८) डम्बर ओखडा
महामन्त्रीहरू
९) सरोज दाहाल
१०) मिलन दोङ तामाङ
सह–महामन्त्रीहरू
११) तिलकचन्द ठकुरी
१२) रामकुमार यादव
१३) देवराज घिमिरे
कोषाध्यक्ष
१४) इन्द्रप्रकाश भण्डारी
सदस्यहरू
१५) दीपक अधिकारी
१६) राकेश गहमगर
१७) यज्ञकुमार राई
१८) घनश्याम चौधरी
१९) रमेश भण्डारी
२०) पुष्कर खड्का
२१) इन्दु बस्नेत
२२) छेवाङ लामा
२३) मछिन्द्रनाथ चापागाईं
२४) गणेश बिष्ट
२५) राजकुमार कटुवाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]