२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

Logo
Manoj Dashaundi प्रकाशित आइतबार, पुष २०, २०८२

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो।
समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो भने विनोद थापा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
अधिवेशनमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय संयोजक हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु, राकेश महतो लगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सर्वसम्मत रूपमा नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा निर्वाचित हुनुभएको छ।
यस्तो छ नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति:
अध्यक्ष १) चोलाकान्त पंगेनी
वरिष्ठ उपाध्यक्ष
२) कमलप्रसाद गौतम
उपाध्यक्षहरू
३) टेकबहादुर टमटा
४) हरिप्रसाद कोइराला
५) गणेशबहादुर राउत
६) सन्तोष पौडेल
७) ज्ञानेन्द्रबहादुर सिंह
८) डम्बर ओखडा
महामन्त्रीहरू
९) सरोज दाहाल
१०) मिलन दोङ तामाङ
सह–महामन्त्रीहरू
११) तिलकचन्द ठकुरी
१२) रामकुमार यादव
१३) देवराज घिमिरे
कोषाध्यक्ष
१४) इन्द्रप्रकाश भण्डारी
सदस्यहरू
१५) दीपक अधिकारी
१६) राकेश गहमगर
१७) यज्ञकुमार राई
१८) घनश्याम चौधरी
१९) रमेश भण्डारी
२०) पुष्कर खड्का
२१) इन्दु बस्नेत
२२) छेवाङ लामा
२३) मछिन्द्रनाथ चापागाईं
२४) गणेश बिष्ट
२५) राजकुमार कटुवाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]