काठमाडौं — नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफतव आलमको निधनप्रति शोक प्रस्ताव पारित […]
काठमाडौं — नेपालका प्रमुख वामपन्थी दलहरूबीच आज ऐतिहासिक एकता घोषणा हुँदैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका नौ वाम घटकबीच हुने एकता घोषणा सभा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ। एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुने तारा हुने सहमति भएको छ। साथै, एकीकृत दलहरूले अबको ६ महिनाभित्र […]
सर्वोच्च अदालतको अन्तरिम आदेशले पनि ११ देशमा खटिएका नेपाली राजदूतहरूलाई पदबाट जोगाउन सकेन। सरकारले सोमबार पुनः निर्णय गर्दै ती सबै राजदूतलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा पठाइएको पत्रमा भनिएको छ,“महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय भएको बेहोरा जानकारी एवं […]
पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको दुवै मृगौलामा खराबी देखिएकाले डायलासिस भइरहेको उनका आफन्तले जानकारी दिएका छन ।
क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको थियो । समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको […]
पछिल्लो समय विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रसंग चलिरहेका बेला एकीकृत समाजवादीले पनि आन्तरिक छलफलको तयारी गरेको हो । यही छलफलका लागि केन्द्रीय कमिटी बैठक डाकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । बैठक आगामी कार्तिक १२ गते बस्नेछ । बैठकको मुख्य एजेण्डानै बाम एकता र पार्टी एकतासँग जोडिने छ । सँगै समसामयिक राजनीतिक घटना, आगामी निर्वाचन, […]
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको […]
काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो । संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी […]
काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो । “अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा योपटक खुलेर आफ्ना कुरा राखिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न योपटक पनि दबाब बढेको छ । अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् । जेनजी आन्दोलनपछि एमालेमा […]