०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस–एमाले बहुमत सांसदको हस्ताक्षर, सर्वोच्चमा समन्वयसहित प्रक्रिया अघि बढ्दै

Logo
HeroNepal-Tv प्रकाशित आइतबार, पुष ०६, २०८२

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ।

एमालेका ७५ र कांग्रेसका (यो समाचार तयार पार्दासम्म) ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्।

एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।

एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो।

एमालेले उक्त बैठकबाट विघटित प्रतिनिधि सभामा दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लिएर जान अख्तियारी दिएको थियो ।

रिट दायर गर्दा एमालेले ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाएको छ।

सम्बन्धित समाचार : सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटमा के छ?

कांग्रेसले भने प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेपनि पार्टी निर्वाचनको पक्षमा खडा हुने निर्णय गरेको थियो।

तर मंसिर २३ गते कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सम्बन्धित समाचार : यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च पुगेका ८ कांग्रेस सांसद

कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न माग गर्दै थप ५८ निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो।

नेपाली कागजमा गराइएको हस्ताक्षर मार्फत् सांसदहरूले अब घिमिरेले दायर गरेको मुद्दामा आफूलाई पनि पक्ष कायम गराउन माग गर्नेछन्।

कांग्रेसका शीर्ष नेताबाहेक सबै सांसदहरुले रिटमा पक्ष कायम गर्ने कागजमा हस्ताक्षर गरिसकेका छन्।

‘आजसम्म ५८ निवर्तमान सांसदले हस्ताक्षर गर्नुभएको छ’, सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयका एक कर्मचारीले भने, ‘शंशाक कोइराला, रमेश लेखक, बद्रीप्रसाद पाण्डे, जीवन परियार लगायतका नेताहरूले रिटमा हस्ताक्षर गर्नुभएको छ।’

कांग्रेसले सोमबार हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको छ।

‘हामीले संस्थागत रूपमा ७५ जनाको हस्ताक्षर बुझाइसकेका छौँ’, विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘कांग्रेसका सांसदहरू श्यामकुमार घिमिरे सहितका सांसदहरूको रिट निवेदनमा पक्ष कायम गरिपाउँ भनेर पुरक निवेदन लिएर जाने तयारीमा हुनुहुन्छ। दुई दलबीच यो विषयमा समन्वय भइरहेको छ।’

विघटित प्रतिनिधि सभामा कांग्रेसका सचेतक सुशीला थिङले संसदको बहुमत पुर्‍याएर अदालतमा जाने तयारी भइरहेको बताइन्।

‘बहुमत सांसदहरूले प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको छ। अलोकतान्त्रिक भएको छ। जनमतको कदर भएको छैन भनेपछि अदालतले त्यसको कदर गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, थिङले भनिन्, ‘थप अदालतको क्षेत्राधिकार र प्रक्रियाबारे हामीले टिप्पणी गर्नु उपयुक्त हुँदैन।’

कांग्रेस सांसदहरूले हस्ताक्षर गर्ने क्रम जारी रहेको संसदीय दलका ती कर्मचारीले सेतोपाटीलाई बताए। शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, पूर्णबहादुर खड्का र शेरबहादुर देउवाले भने पुरक निवेदनमा हस्ताक्षर गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]