(रास्वपा) का शीर्ष नेताहरू मन्त्रीहरूको नाम टुंग्याउने अन्तिम कसरतमा जुटेका छन्। नयाँ जनादेशसँगै जनताको आशा र भरोसालाई सम्बोधन गर्ने लक्ष्यसहित आन्तरिक छलफल तीव्र बनाइएको छ। कसलाई कुन मन्त्रालय दिने, कसले जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्छ, र अपेक्षित परिणाम नआएमा उत्पन्न हुन सक्ने जनआक्रोशलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ। […]
जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउने कार्यमा पाँच जना सामाजिक सञ्जाल इन्फ्लुएन्सर संलग्न रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ। आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने भ्रामक प्रचारमा संलग्न रहेका छन्। प्रतिवेदनमा उल्लेख भएअनुसार २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको भन्ने झुटो सूचना फैलाइएको थियो। त्यसैगरी २४ […]
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) मलेसिया यसअघि विद्यमान दुई संरचनाबीचको विभाजन अन्त्य गर्दै औपचारिक रूपमा एकीकृत भएको घोषणा गरिएको छ। यस एकतासँगै संगठनभित्र लामो समयदेखि कायम रहेको संस्थागत अस्थिरता समाप्त भई साझा उद्देश्य, अनुशासन र सहकार्यमा आधारित संरचना पुनःस्थापित भएको बताइएको छ। एकीकृत NRNA मलेसिया अब अध्यक्ष इन्द्र नारायण लिम्बुको नेतृत्वमा […]
क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]
नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिलेपछि अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मिल्न बाँकी रहेको भन्दै टिप्पणी गरेका छन्। लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर साहबिच ७ बुँदे सहमति भएसंगै बास्कोटाको यस्तो टिप्पणी आएको हो। ‘रवि–बालेन मिलेछन्। अब […]
मलेसिया। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले आज एक सूचना जारि गर्दै एक महिनाका लागि पुनः सदस्यता खुला गरेको जनाएकाे छ। संघले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गर्दै जुलाई महिनामा दर्ता हुन छुटेका महानुभावहरूलाई मध्यनजर गरी पुनः सदस्यता खुला गरिएको जनाएको हाे। गत डिसेम्बर १५ गते सम्पन्न एनआरएनए स्टियरिङ […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। पार्टीले शाहीलाई एकैपटक विभिन्न भौगोलिक क्षेत्रबाट […]
काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका ६५ सांसदले हस्ताक्षर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् भने २४ सांसदले भने पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्। मंसिर २३ गते विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा […]
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वव्यापी रूपमा सदस्यता वितरण सुरु गरेको छ। आगामी फेब्रुअरी अन्तिम साता काठमाडौँमा आयोजना हुने संघको १२औँ महाधिवेशनमा सहभागी हुन चाहने गैरआवासीय नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता खुला गरिएको हो। गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिनबाट वञ्चित भएका गैरआवासीय नेपालीलाई पुनः अवसर दिने […]
मलेसिया । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। यसैक्रममा दुई दिन अघिमात्र क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा सम्पन्न बैठक समिति सभापति चोलाकान्त पंगेनीको सभाध्यक्षतामा सम्पन्न भएको हो। बैठकले चाँडै नै उपयुक्त मिति तय गरी लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकमा अधिवेशनलाई पारदर्शी, समावेशी तथा […]