०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपाली जनसम्पर्क समिति मलेसियाको थाल्याे अधिवेशनकाे तयारी

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, पुष ०९, २०८२

मलेसिया । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

यसैक्रममा दुई दिन  अघिमात्र क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा सम्पन्न बैठक समिति सभापति चोलाकान्त पंगेनीको सभाध्यक्षतामा सम्पन्न भएको हो। बैठकले चाँडै नै उपयुक्त मिति तय गरी लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकमा अधिवेशनलाई पारदर्शी, समावेशी तथा विधिसम्मत रूपमा सम्पन्न गर्न आवश्यक तयारीहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै महाधिवेशन प्रतिनिधि छनोट, संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा अधिवेशन व्यवस्थापनसम्बन्धी विषयमा समेत गहन छलफल भएको जनाइएको छ।

नेपाली कांग्रेसको प्रवासी संगठनलाई थप सक्रिय, सबल र व्यवस्थित बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको जनसम्पर्क समिति मलेसियाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]