२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

नेपाली जनसम्पर्क समिति मलेसियाको थाल्याे अधिवेशनकाे तयारी

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, पुष ०९, २०८२

मलेसिया । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

यसैक्रममा दुई दिन  अघिमात्र क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा सम्पन्न बैठक समिति सभापति चोलाकान्त पंगेनीको सभाध्यक्षतामा सम्पन्न भएको हो। बैठकले चाँडै नै उपयुक्त मिति तय गरी लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकमा अधिवेशनलाई पारदर्शी, समावेशी तथा विधिसम्मत रूपमा सम्पन्न गर्न आवश्यक तयारीहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै महाधिवेशन प्रतिनिधि छनोट, संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा अधिवेशन व्यवस्थापनसम्बन्धी विषयमा समेत गहन छलफल भएको जनाइएको छ।

नेपाली कांग्रेसको प्रवासी संगठनलाई थप सक्रिय, सबल र व्यवस्थित बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको जनसम्पर्क समिति मलेसियाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]