२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

संसारभर एनआरएनए सदस्यता वितरण सुरु, १२औँ महाधिवेशनका लागि दर्जनौँ देशमा खुल्यो एमआरएस

Logo
HeroNepal-Tv प्रकाशित बुधबार, पुष ०९, २०८२

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वव्यापी रूपमा सदस्यता वितरण सुरु गरेको छ। आगामी फेब्रुअरी अन्तिम साता काठमाडौँमा आयोजना हुने संघको १२औँ महाधिवेशनमा सहभागी हुन चाहने गैरआवासीय नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता खुला गरिएको हो।

गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिनबाट वञ्चित भएका गैरआवासीय नेपालीलाई पुनः अवसर दिने उद्देश्यले सदस्यता वितरण सुरु गरिएको एनआरएनएले जनाएको छ।

यसअघि एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले बृहत् एकता अधिवेशनको घोषणा गर्दै नयाँ सदस्यता वितरण प्रक्रिया सुरु गर्ने निर्णय गरेका थिए।

एनआरएनएको १२औँ महाधिवेशन आगामी फेब्रुअरी २३, २४ र २५ गते काठमाडौँमा आयोजना हुँदैछ।

सदस्यता वितरण खुलेका देशहरू

एनआरएनएले हालसम्म सदस्यता वितरण खुला गरेका देशहरूमा

ब्राजिल,

कम्बोडिया,

चिली,

कोलम्बिया,

साइप्रस,

चेक गणतन्त्र,

लोकतान्त्रिक गणतन्त्र कंगो,

घाना,

हंगेरी,

आइसल्याण्ड,

इजरायल, केन्या,

मोल्डोभा,

म्यानमार,

नर्वे,

ओमान,

पपुवा न्यू गिनी,

फिलिपिन्स,

पोल्याण्ड,

रुस,

सेशेल्स,

स्लोभेनिया,

दक्षिण सुडान,

स्पेन,

स्वीडेन,

स्वीट्जरल्याण्ड,

तान्जानिया,

टर्की,

युगान्डा,

जिम्बाब्वे

रहेका छन्।

एनआरएनए एनसीसी (NCC) अन्तर्गत सदस्यता खुला भएका देशहरू

अष्ट्रेलिया,

अस्ट्रिया,

बहराइन,

बेल्जियम,

ब्राजिल,

कम्बोडिया,

क्यानडा,

चिली,

चीन,

कोलम्बिया,

चेक गणतन्त्र,

डेनमार्क,

इक्वेटोरियल गिनी,

फ्रान्स,

जर्मनी,

घाना,

ग्रीस,

हङकङ,

हंगेरी,

आइसल्याण्ड,

इराक,

आयरल्यान्ड,

इजरायल,

इटाली,

जापान,

केन्या,

कोरिया,

कुवेत,

लक्जेम्बर्ग,

मकाउ,

माडागास्कर,

मलेसिया,

माल्टा,

मोल्डोभा,

म्यानमार,

नेदरल्यान्ड्स,

न्युजिल्यान्ड,

नाइजेरिया,

नर्वे,

ओमान,

पापुआ न्यू गिनी,

फिलिपिन्स,

पोल्याण्ड,

कतार,

रोमानिया,

रूस,

रुवान्डा,

साउदी अरेबिया,

सेशेल्स,

स्लोभेनिया,

दक्षिण सुडान,

स्पेन,

स्वीट्जरल्यान्ड,

तान्जानिया,

थाइल्याण्ड,

टर्की,

युगान्डा,

संयुक्त अरब इमिरेट्स (UAE),

संयुक्त अधिराज्य (UK),

संयुक्त राज्य अमेरिका (USA),

भेनेजुएला र जाम्बिया रहेका छन्।

एनआरएनएले बाँकी देशहरूमा पनि चरणबद्ध रूपमा सदस्यता वितरण प्रक्रिया खुला गरिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]