०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

एनआरएनए मलेसियाले एक महिनाका लागि पुनः सदस्यता खुला गर्याे

Logo
Manoj Dashaudi प्रकाशित शुक्रबार, पुष ११, २०८२

मलेसिया। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले आज एक सूचना जारि गर्दै  एक महिनाका लागि पुनः सदस्यता खुला  गरेको जनाएकाे  छ।

संघले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गर्दै जुलाई महिनामा दर्ता हुन छुटेका महानुभावहरूलाई मध्यनजर गरी पुनः सदस्यता खुला गरिएको जनाएको हाे।

गत डिसेम्बर १५ गते सम्पन्न एनआरएनए  स्टियरिङ कमिटीको दोस्रो बैठक ले संघको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२५ को फेब्रुअरी २३ देखि २५ सम्म का लागि आयोजना  गरेको थियाे।

यसैगरी, मिति ३० नोभेम्बर २०२५ मा सम्पन्न वृहत् एकताको सम्झौताअनुसार डिसेम्बर २०२५ देखि जनवरी २०२६ सम्म (एक महिना) का लागि सबै एनसीसीहरूमा MRS प्रणालीमार्फत सदस्यता खुला गरेकाे संघले जनाएको छ।

सदस्यता लिन इच्छुकले Play Store बाट Smart NRNA एप डाउनलोड गरी Register विकल्पमार्फत आवश्यक कागजात अपलोड गरेर दर्ता प्रक्रिया पूरा गर्न सक्ने जनाइएको छ।

थप जानकारीका लागि सम्पर्क नम्बर 016-387-5155 मा सम्पर्क गर्न संघले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]