२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एनआरएनए मलेसियाले एक महिनाका लागि पुनः सदस्यता खुला गर्याे

Logo
Manoj Dashaudi प्रकाशित शुक्रबार, पुष ११, २०८२

मलेसिया। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले आज एक सूचना जारि गर्दै  एक महिनाका लागि पुनः सदस्यता खुला  गरेको जनाएकाे  छ।

संघले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गर्दै जुलाई महिनामा दर्ता हुन छुटेका महानुभावहरूलाई मध्यनजर गरी पुनः सदस्यता खुला गरिएको जनाएको हाे।

गत डिसेम्बर १५ गते सम्पन्न एनआरएनए  स्टियरिङ कमिटीको दोस्रो बैठक ले संघको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२५ को फेब्रुअरी २३ देखि २५ सम्म का लागि आयोजना  गरेको थियाे।

यसैगरी, मिति ३० नोभेम्बर २०२५ मा सम्पन्न वृहत् एकताको सम्झौताअनुसार डिसेम्बर २०२५ देखि जनवरी २०२६ सम्म (एक महिना) का लागि सबै एनसीसीहरूमा MRS प्रणालीमार्फत सदस्यता खुला गरेकाे संघले जनाएको छ।

सदस्यता लिन इच्छुकले Play Store बाट Smart NRNA एप डाउनलोड गरी Register विकल्पमार्फत आवश्यक कागजात अपलोड गरेर दर्ता प्रक्रिया पूरा गर्न सक्ने जनाइएको छ।

थप जानकारीका लागि सम्पर्क नम्बर 016-387-5155 मा सम्पर्क गर्न संघले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]