०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

राजनीति

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिलेपछि अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मिल्न बाँकी रहेको भन्दै टिप्पणी गरेका छन्। लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर साहबिच ७ बुँदे सहमति भएसंगै बास्कोटाको यस्तो टिप्पणी आएको हो। ‘रवि–बालेन मिलेछन्। अब […]

मलेसिया। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले आज एक सूचना जारि गर्दै  एक महिनाका लागि पुनः सदस्यता खुला  गरेको जनाएकाे  छ। संघले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गर्दै जुलाई महिनामा दर्ता हुन छुटेका महानुभावहरूलाई मध्यनजर गरी पुनः सदस्यता खुला गरिएको जनाएको हाे। गत डिसेम्बर १५ गते सम्पन्न एनआरएनए  स्टियरिङ […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। पार्टीले शाहीलाई एकैपटक विभिन्न भौगोलिक क्षेत्रबाट […]

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका ६५ सांसदले हस्ताक्षर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् भने २४ सांसदले भने पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्। मंसिर २३ गते विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा […]

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वव्यापी रूपमा सदस्यता वितरण सुरु गरेको छ। आगामी फेब्रुअरी अन्तिम साता काठमाडौँमा आयोजना हुने संघको १२औँ महाधिवेशनमा सहभागी हुन चाहने गैरआवासीय नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता खुला गरिएको हो। गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिनबाट वञ्चित भएका गैरआवासीय नेपालीलाई पुनः अवसर दिने […]

मलेसिया । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। यसैक्रममा दुई दिन  अघिमात्र क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा सम्पन्न बैठक समिति सभापति चोलाकान्त पंगेनीको सभाध्यक्षतामा सम्पन्न भएको हो। बैठकले चाँडै नै उपयुक्त मिति तय गरी लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकमा अधिवेशनलाई पारदर्शी, समावेशी तथा […]

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका (यो समाचार तयार पार्दासम्म) ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ। एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि लागेको अभियोगको अन्तिम किनारा नलाग्दै उनलाई पुनः पार्टीको मूल जिम्मेवारीमा फर्काउने तयारी गरेको छ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएपछि पार्टीले सो निर्णयप्रति स्वागत जनाउँदै उनलाई तत्काल पार्टी जिम्मेवारीमा फर्काउने संकेत गरेको हो। कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]