२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया सुरु, १३ देशका लागि आवेदन आह्वान

Logo
मनाेज दशाैंदी प्रकाशित बिहिबार, जेठ १४, २०८३

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो।

इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र परराष्ट्र मन्त्रालयमा दरखास्त बुझाउन सक्नेछन्। कार्यविधिअनुसार आवेदक कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने तथा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका व्यक्तिहरूलाई छनोट प्रक्रियामा विशेष महत्व दिइने बताइएको छ।

कार्यविधिले कडा कूटनीतिक तथा नैतिक मापदण्डसमेत निर्धारण गरेको छ। सरकारी सेवाबाट बर्खास्त भएका, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका वा कुनै विदेशी मुलुकको पीआर, ग्रीनकार्ड वा अन्य अध्यागमन सुविधा लिएका व्यक्तिहरू आवेदनका लागि अयोग्य हुनेछन्।
त्यस्तै, भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा दोषी ठहर भएका, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा परेका तथा प्रस्तावित पदस्थापनास्थलसँग स्वार्थ बाझिने अवस्था भएका व्यक्तिहरूले पनि आवेदन दिन पाउने छैनन्। विदेशी सहयोगप्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरूलाई समेत यस प्रक्रियाबाट बाहिर राखिएको छ।

कुनै विदेशी राज्यबाट पारिश्रमिक पाउने पदमा काम गरिसकेकाको हकमा त्यस्तो जिम्मेवारी त्यागेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

राजदूत पदका लागि आवेदकलाई कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे पर्याप्त ज्ञान हुनुपर्नेछ। साथै अंग्रेजी भाषामा उत्कृष्ट दखल हुनुका साथै सम्बन्धित देशको भाषा र विषयवस्तुबारे ज्ञान भएका उम्मेदवारलाई थप योग्य मानिने कार्यविधिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]